पोखरेलले युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (युटिएस) बाट कानुन विषयमा डिग्री (ज्युरिस डक्टर) अध्ययन पूरा गरेका हुन्। चारवर्ष सम्मको निरन्तर अध्ययन र अनुभवी वकिलसँग घन्टौ काम गरेका उनले पेसागत निकाय ल सोसाइटी अफ न्यु साउथ वेल्सबाट पनि वकिलको प्रमाणपत्र पाएका छन्।
नागरिकन्युजसँग कुरा गर्दै पोखरेलले भने, 'अहिले अस्ट्रेलियामा प्रचलनमा अएका सबै कानुनको अध्ययन गरेको भए पनि भविष्यमा निश्चत विषय र क्षेत्रमा विशिष्ठता हासिल गर्दै अघि बढ्ने छु।'
गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको महासचिवसमेत रहेका पोखरेल दोलखाको जफे गाउँमा जन्मिएका हुन्। उनकोे बाल्यकाल सर्लाहीको लालबन्दीमा बितेको थियो। काठमाडौँको भानुभक्त मेमोरियल आवासिय माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका पोखलेलले काठामाडौं विश्वविद्यालयमा विज्ञान विषय अध्ययन गरेका थिए। १८ वर्षअघि अस्ट्रेलिया आएका पोखरेलले वलङगन विश्वविद्यालयबाट अकाउन्टिङ विषयको अध्ययन सकेर सिपिए गरेका थिए। उनी आधिकारिक माइग्रेसन एजेन्ट हुन् भने सिड्नीमा एकाउन्टिङ र एजुकेसन तथा माइग्रेसनसम्बन्धी ब्यवसाय पनि संचालन गरिरहेका छन्।
शुक्रबार सर्वोच्च अदालतमा आयोजित सपथ ग्रहण समारोहमा न्यु साउथ वेल्स राज्यका लगि नेपाली महा-बाणिज्यदूत दिपक खड्का, सिड्नीको नेपाली समुदायकी अगुवा इन् वन (ओएएम) पनि सहभागी भएका थिए। पोखरेलको सफलता नेपाली समुदायका लागि गौरवको विषय भएको वनको भनाई छ। महा-बाणिज्यदूत दिपक खड्काले नेपलाीहरुलाई अब आफ्नो भाषामा कानुनी सेवा पाउन सहज हुने विश्वास ब्यक्त गरे। अस्ट्रेलियाको नेपाली समुदायलाई जानकारीमा आएसम्म शम्सेर सिंह थापा र बुनु गौतम दुईजना मात्र यहाँ सोलिसिटर तथा वकिल पेशामा सक्रिय छन्।
प्रकाशित: २३ चैत्र २०७० ००:१७ आइतबार





