६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

भारतका लागि अमेरिकी राजदूतको राजीनामा

वासिङटन, (एजेन्सी)– भारतका लागि अमेरिकाकी राजदूत न्यान्सी जे पावेलले मंगलबार राजीनामा दिएकी छन्।भारतीय सञ्चारमाध्यमले अमेरिकास्थित भारतीय कूटनीतिज्ञ देवयानी खोब्रागडे पक्राउपछि चिसिएको भारत–अमेरिका सम्बन्धका कारण पावेल पदमुक्त हुनसक्ने आकलन गर्दै आएका थिए। केही वर्षयता भारतसँग नजिकिएको अमेरिकाले पावेलद्वारा भारतीय जनता पार्टीका प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदी सत्तारुढ हुनसक्ने सम्भावना पनि बेलैमा पहिल्याउन नसकेकाले पनि पद छोड्नु परेको अनुमान गरेका छन्। अमेरिकाको विदेश मन्त्रालयले भने यस्ता अनुमान निराधार भएको जनाएको छ। 
पछिल्लो समय प्रगाढ हुँदै गएको भारत–अमेरिका सम्बन्ध अझै बलियो हुने अपेक्षा गरिएको थियो। तर एक दुई वर्षयता भने भारत–अमेरिका सम्बन्ध विगतभन्दा अघि बढेन। त्यसमाथि एक महिनाअघि भएको देवयानी काण्डको छायाले समेत भारत–अमेरिका सम्बन्धमा कटुता र तनाव ल्यायो। 
जानकारहरूले बेलैमा मोदीको लोकप्रियता र उनले सरकार गठन गर्नसक्ने सम्भावना पत्तो पाउन नसक्नुलाई पनि पावेलको पदत्यागसँग जोडेका छन्। पावेलले मोदीसँग गान्धीनगरमै भेटघाट गरे पनि मोदीलाई प्रवेषाज्ञासमेत नदिएको अमेरिकाका लागि उनी भारतको प्रधानमन्त्री हुनु आफ्नो हितमा धक्का लाग्ने निश्चितजस्तै थियो। त्यसैले पनि आम चुनावपछि भारतमा गठन हुने नयाँ सरकारसँग नजिक हुने प्रयत्नका रुपमा अमेरिकाले पावेललाई बलि दिएको अनुमान गर्ने पनि उत्तिकै छन्।

प्रकाशित: १८ चैत्र २०७० २१:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App