६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

बोत्स्वानामा एनआरएनको शाखा

काठमाडौं– अफ्रिकी राष्ट्र बोत्स्वानामा पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय समति गठन भएको छ।
नवगठित कार्यसमितिमा विन्देश्वरप्रसाद यादव अध्यक्ष, पदमनाथ भण्डारी उपाध्यक्ष, श्रीमती शान्ती भण्डारी महासचिव, दामोदर भण्डारी सचिव, कृष्ण कँडेल कोषाध्यक्ष, टिना पन्त भण्डारी महिला संयोजक, रमेश सारु युवा संयोजक, कृष्णकुमार कँडेल प्रवक्ता छन्। सदस्यहरुमा शेषनारायण ढकाल, लीलाकुमारी भण्डारी र तुलसी विक रहेको एनआरएन अफ्रिकाका संयोजक हिक्मत थापाले बताए।
बोत्स्वाना अफ्रिका महादेशको दक्षिणमा अवस्थित राष्ट्र हो। यहाँ व्यापार, चिकित्सालगायत सेवा क्षेत्रमा नेपाली कार्यरत छन्। बोत्स्वाना समेत अफ्रिकामा एनआरएनको शाखा १३ वटा पुगेको छ। संसारभर भने यो ६८ औँ शाखा हो।

प्रकाशित: १८ चैत्र २०७० ०६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App