१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
प्रवास

गाईले पाद्‍दा गोठ विस्फोट

रासड्रोफ (जर्मनी) - गाईले पाद्‍दा निस्केको मिथेन ग्यासले जर्मनीमा एक गाईगोठ विस्फोट भएको प्रहरीले जनाएको छ।प्रहरीलाई उदृत गर्दै वीवीसीले जनाएअनुसार रासड्रोफमा गाईको पादले विस्फोट हुँदा गोठको छानो ध्वस्त भएको छ भने एक गाई घाइते भएको छ।
गोठमा ९० वटा गाइहरु थिए जसले ठूलो परिणाममा मिथेन ग्यास उत्पादन गरेका थिए।
समाचार संस्था रोयटर्सले जनाएअनुासर गाईको पादमा 'स्टेटिक इलेक्ट्रिक चार्ज' हुँदा ग्यास विस्फोट भएको थियो। आकस्मिक सेवाले तत्काल स्थितिलाई नियन्त्रणमा लिएकाले थप क्षति हुन पाएन । स्थानीय मिडियाले जनाएअनुसार ग्यास प्रवाहलाई सहज बनाइएको छ। एउटा गाईले ५ सय लिटर मिथेन ग्यास उत्पादन गर्नसक्ने बताइएको छ।

प्रकाशित: १४ माघ २०७० २२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App