दुई दर्जन संस्थाका प्रतिनिधि सहभागी च्यारिटीबाट संकलित रकम पाँचथरका गरिव तथा जेहेन्दार विद्यार्थीको शिक्षामा खर्च गरिने समाजका अध्यक्ष एकराज नेम्वाङले बताए। समाजले सन् २०१२ देखि 'पांचथर कप फुटबल प्रतियोगिता' आयोजना गर्दै आएको छ।
'जन्मथलोबाट टाढा भएपनि गाउँको विकासमा मरिमेट्न च्यारिटी गरेका हौं,' नेम्वाङले इमेलमा भने, 'साना साना कार्यक्रम गर्दै रकम संलकन गरेर जिल्लामा पठाउने अभियान जारी राख्छौं।' ब्रिटिश सेनामा आवद्ध भएर बेलायत बस्ने पाँचथरवासी धेरै छन्।
प्रकाशित: १२ माघ २०७० २२:५० आइतबार

