होल्यान्ड भन्दा २० वर्ष कम उमेरकी एक हिरोइनसँग प्रेम सम्वन्ध चर्चामा आएपछि उनले औपचारिकरुपमा सम्वन्ध विच्छेद गरेका हुन् ।
ट्रयरवाइलर सामाजिक कार्यका लागि भारत जाने पूर्व सन्ध्यामा होल्यान्डले सम्वन्ध विच्छेद भएको वक्तव्य दिएका हुन्। 'भेलरी ट्रयवाइलरसँग मेरो सम्वन्ध अन्त्य भएको जानकारी गराउन चाहन्छु,' उनले सार्वजनिकरुपमा नै जानकारी गराएका छन्।
४१ वर्षीय हिरोइन जुलिया गायटसँग सम्वन्ध जोडिएपछि उनीहरुबीचको सम्वन्धमा चिसोपन आएको थियो।
ट्रयवाइलर एक्सन अगेन्स्ट हङ्गर नामक संस्थाबाट भारतको मुम्बईमा काम गर्न आइतबार जाँदैछिन। उनको यात्रा शनिबार नै तय भएको हो जुन दिन हल्यान्डले सम्वन्धबारे मुख खोलेका थिए।
प्रकाशित: १२ माघ २०७० ०१:०७ आइतबार


-600x400.jpg)


