१६ चैत्र २०८० शुक्रबार
प्रवास

एनआरएनएले नेपालमा ल्यायो ५५० अक्सिजन सिलिन्डर

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सकृयतामा ५ सय ५० वटा अक्सिजन सिलिन्डर काठमाण्डौं ल्याइएको छ । गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट ओमानबाट ५ सय ६० सिलिन्डर अक्सिजन नेपाल ल्याइएको हो ।

गैरआवासीय नेपाली संघले सुरु गरेको 'नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔ' अभियान अन्तर्गत  ती असिक्जनका सिलिन्डल नेपाल पठाइएको गैरआवासीय नेपाली संघले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

संघका अनुसार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूताबास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर ७५ लाख रुपैयाँ बराबरको रहेको छ ।

ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ । नेपाल ल्याइएका ती अक्सिजन सिलिन्डर तत्तकान कोरोना संक्रमितहरु समक्ष पुगोस भनेर भोलि आइतवार नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम तय भएको जनाइएको छ ।  

मध्यपूर्वदेखि अक्सिजन सिलिन्टर नेपाल पुर्‍याउने अभियानमा विशेष पहलकदमी लिने ओमानका लागि नेपाली राजदुत  शर्मिला पराजुली ढकाल सहित गैरआवासीय नेपाली संघ ओमान, संघका केन्द्रीय पदाधिकारीहरु, मध्यपूर्वमा रहेका राष्ट्रिय समन्वय परिषद्हरु प्रति संघले धन्यवाद दिएको छ ।  

यसअघि संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले  आफ्ना विश्वभर छरिएका राष्ट्रिय समितिहरुलाई परिचालन गर्ने निर्णय गरेको थियो । संघका महासचिव डा‍‍ हेम राज शर्माका अनुसार हाल बिभिन्न देशमा रहेका संघका शाखा मार्फत नेपालमा आर्थिक तथा भौतिक सहयोग गर्नेक्रम सुरु भैसकेको छ ।

नेपालमा कोरोना भाइरसको  दोस्रो लहर सुरुआत भए यता कोभिडको दोश्रो लहरमा संघले चीनबाट १ सय थान अक्सिजन कन्सरट्रेसन नेपाल पठाउने निर्णय गरेको थियो ।

यस्तै एनआआरएन अमेरिकाको सहयोगमा जनकपुरमा आइसोलेशन सेन्टरको स्थापना गर्ने तयारी गरिएको छ । एनआरएनए अफ्रिकाद्धारा १० जिल्लामा अक्सिजन वितरण भैसकेको संघले जनाएको छ ।

प्रकाशित: १ जेष्ठ २०७८ १६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App