पहिलो विस्फोट मोदीको भाषणस्थल गान्धी मैदान अगाडि भयो। भाजपाको हुङ्कार र्याली र त्यहाँ सहभागी हुन आउने रेलवे स्टेसन अगाडि पनि विस्फोट भएको छ। मोदीको र्यालीमा ठूलो संख्यामा सहभागी आउने रुट लक्ष गरी विस्फोट भएको हो।
नितिश कुमारको जनता दलसँग सम्वन्ध टुटेपछि मोदीको पटनामा आयोजना हुन लागेको यो पहिलो र्याली हो।
गान्धी मैदान नजिकै रहेको मोना सिनेमाको छेवैमा विस्फोट भएको थियो। विस्फोटले त्यहाँ ठूलै हलचल पैदा गर्यो।
त्यस्तै पटना जङ्सन स्टेसनमा वम विस्फोट भयो। प्लेटफर्म नम्बर १० नजिकै विस्फोट भएको थियो।
प्रशासनले भने विस्फोटको र्यालीसँग कुनै सम्वन्ध नरहेको दावी गरेको छ। रेलवे पुलिसका सुपरिटेन्डेन्ट उपेन्द्रकुमार सिन्हाले घटनाको पुष्टि गरेपनि विस्तृत विवरण खुलाएनन्।
प्रकाशित: १० कार्तिक २०७० ०१:४३ आइतबार





