coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

टेक्सासमा नेपाली दूतावासको घुम्ती शिविर हुँदै

अमेरिकाका लागि नवनियूक्त नेपाली राजदूत डा. युवराज खतिवडाले पासपोर्ट नविकरण, नयाँ आवेदन, मंजुरीनामा, एनआरएनए कार्ड, वारेसनामा, भिसा, ट्राभल डकुमेन्ट लगायतको सेवाका लागि घुम्ती शिविरलाई तीव्रता दिएका छन्। 

कार्यभार सम्हालेको छोटो समयमा तीव्रता दिइएको घुम्ती शिविर डालासमा मे १४ र १५ तथा ह्युस्टनमा १६ र १७ तारिकमा हुनेछ। ड्यालसमा अर्भिंगस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा दुई दिनसम्म शिविर चल्नेछ भने ह्युस्टनमा रिचमण्ड एभिन्यूमा हुनेछ।

दुतावासले आगामी महिना टेक्सासको डालास र ह्युस्टनमा घुम्ती शिविर गर्ने बताएको हो। यसअघि सिकागोमा घुम्ती शिविर सम्पन्न गरिसकेको छ। शिविरबाट विभिन्न कारण पासपोर्ट नविकरण नभएका, भिसा सकिएकाहरुले लाभ लिई रहेका छन्। सेवा आवश्यक पर्ने नेपाली तथा विदेशी नागरिकहरुले शिविरमा सम्पर्क राख्न समेत दूतावासले अनुरोध गरेको छ। 

प्रकाशित: १० वैशाख २०७८ १६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App