१८ महिना अघि उच्च शिक्षाका अध्ययनका लागि अष्ट्रेलिया आएका शर्माले अध्ययन सँगै हस्तकलाको ब्यवसायलाई निरन्तरता दिन लागेका हुन् । उनी अहिले न्यु क्यासल विश्वविद्यालयमा मास्टर इन इन्टरनेसनल विजनेस विषय पढ्दै छिन्। शर्माका अनुसार स्टोरमा करिव एक सय भन्दा बढी प्रकारका हस्तकलाका सामानहरु छन् । स्थानियको माग अनुसार अहिले गर्मीमा अनुकुल हुने कपडा, काठ र धातुका सजावटका समानहरु, नेपाली चिया काफी स्टोरमा छन् । भविष्यमा गलैचा तथा पस्मिना र आयुर्वेदीक र जडिबुटी उत्पादनहरु पनि राखिने शर्माले बताए ।
नेपालको बाग्लुङ, दोलखा रामेछाप र काठमाण्डौका नेपाली कारिगडले बुनेका सामानहरु उक्त स्टोरमा छन्। अष्ट्रेलियामा नेपाली हस्तकालका समानहरु, धातु र स्टोनका गहना र हातले बुनेका तयारी पोशाकको माग बढ्रदै गएको छ।
प्रकाशित: २२ आश्विन २०७० ००:३२ मंगलबार





