७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

केन्याको सपिङ मलमा दोस्रो दिन पनि गोली हानाहान, मर्नेको संख्या ६८ पुग्यो (फोटो फिचर)

नैरोबी- केन्याको राजधानी नैरोबीको वेस्टगेट सपिङ मलमा आज पनि गोली हानाहान भएको छ। कट्टरपन्थीहरुले अहिले पनि त्यहाँ केही मानिसहरुलाई बन्धक बनाएर राखेको हुने अनुमान गरिएको छ। सेनाले त्यहाँ आफ्नो कारबाही जारी राखेको छ।

हमलामा मर्नेको संख्या अहिलेसम्म ६८ पुगेको छ।

केन्याको सुरक्षा बलले समस्याको छिटो भन्दा छिटो समाधान गर्नको लागि सबै प्रयासहरु भइरहेको ट्वीटरमार्फत जनाएको छ। कर्णेल साइरस ओगुनाले केही मानिसहरु अहिले पनि चरमपन्थीहरुको कब्जामा भएको र हमलाकारीहरु सोमालियको शहाब संगठनका भएको बताएका छन्।  तर यो संख्या बढ्न सक्ने छ।

सुरक्षा फौजको कारवाही छिट्टै सकिने कर्णेल साइरसले बताएका छन्। उनका अनुसार सपिङ मल सुरक्षाकर्मीको नियन्त्रणमा छ। आइतबार सम्म पनि सपिङ मलबाट बाचेर बाहिर आउनेहरु रहेका थिए।

प्रकाशित: ७ आश्विन २०७० ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App