पेशावर- पाकिस्तानको पेशावरमा भएको आत्मघातिहमलामा ६० जनाको मृत्युभएको छ। हमलामा १ सयभन्दाबढी घाइते भएको बीबीसीले जनाएको छ। चर्चबाट प्रार्थना सकाएर बाहिर निस्कने क्रममा दुईवटाफिष्फोटभएको थियो। चर्चको गेटमा सुरक्षार्थ खटेका एक प्रहरी जवानको समेत मृत्यु भएको छ। घटनामा केही प्रहरी घाइते भएको बताइएको छ।प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ। घाइतेहरुको लेडी रिडिंग अस्पतालमा उपचार भइरहेको छ। घटनाको जिम्मेवारी कसैलेलिएको छैन। पाकिस्तामा हुने इसाइमाथिको हमलामा इस्लामी चरमपन्थी जिम्मेवार मनिँदै आएको छ। पाकिस्तानमा १.६ प्रतिशत इसाइ छन्।


प्रकाशित: ६ आश्विन २०७० ०६:५३ आइतबार