'महिला नेतृत्व र सशक्तिकरण' विषयक सो दुई दिने सम्मेलनमा एसियाका अन्य राजनीतिक दलका महिला नेतृहरूको पनि सहभागिता रहने नेपाली जनसम्पर्क समिति कोरियाका सभापति नवराज सिवाकोटीले बताए।
कोइरालासँगै पूर्व सभासद उषा गुरूड्, स्वकिय सचिव हरिप्रसाद ढुंगाना, निजी सचिव लक्ष्मण थपलिया र स्व गिरिजा प्रसाद कोइराला फउन्डेशनका प्रमुख राकेश दाहाल आउने पनि सिवाकोटीले नागरिकन्यूजलाई बताए ।
सो सम्मेलनमा एसियाका महिलाहरूको वर्तमान अवस्था, आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा महिलाको भूमिका र चुनौतीको बिषयमा छलफल हुनेछ।
प्रकाशित: २१ भाद्र २०७० ०१:१० शुक्रबार

