९ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

अम्याजन डट कमका मालिकले प्रतिष्ठित पत्रिका वासिङ्टन पोष्ट किने

वासिङ्टन डिसी — एक सय ३५ वर्षको इतिहास बोकेको अमेरिकाको प्रतिष्ठित ब्रडसिट दैनिक वासिङ्टन पोष्टलाई अम्याजन डटकमका मालिक जेफ बेजोसले किनेका छन्। दैनिक ४ लाख ७४ हजार सर्कुलेसन रहेको पत्रिका अम्याजन मालिकले २५ करोड डलरमा खरिद गरेका हुन्।पछिल्लो ८० वर्षदेखि ग्राहम परिवार यो प्रतिष्ठित पत्रिकाको मालिक रहँदै आएको थियो। 'पत्रिकाले चुनौती सामना गरिरहेको हुँदा मालिक फेरिँदा पत्रिकाका लागि बढी राम्रो हुने हामीले सोचेका छौं', वासिङ्टन पोष्टका मुख्य कारीकारी अधिकृत डोनाल्ड ग्राहमले भने। जेफ बेजोस अनलाइन सपिङ साइट अम्याजन डट कममार्फत पैसा कमाएर अमेरिकी धनीको सूचिमा पर्न सफल उद्योगी हुन्। 'प्रविधिप्रति लगाव र शालीन दीर्घकालीन दृष्टिकोणका कारण बेजोस पत्रिकाका राम्रा मालिक सावित हुनसक्छन्', उनले भने।

वासिङ्टन पोष्ट वाटरगेट काण्डका लागि विख्यात छ। सन् १९७३ मा यही पत्रिकाको अनुसन्धानमूलक रिपोर्टिङका कारण तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले पदबाट राजीनामा दिनु परेको थियो। केही वर्षयता इन्टरनेटका कारण पत्रिकाको प्रिन्ट संस्करणमा विज्ञापनबाट हुने कमाइ भारी मात्रामा घटेको थियो।

अम्याजनबाट सफलता कमाएका बेजोसलाई वासिङ्टन पोष्टको इन्टरनेट संस्करणलाई बलियो बनाउने चुनौती रहनेछ। अमेरिकी युवाहरुमा पत्रिका पढ्ने बानीमा ब्यापक गिरवाट आइरहेको छ। गत वर्ष प्रतिष्ठित म्यागेजिन न्युजविकले आफ्नो प्रिन्ट संस्करण बन्द गरी अनलाइन संस्करण मात्र राख्ने निर्णय गरेको थियो।

वासिङ्टन पोष्टमा लगभग ७ सय ४० पत्रकार कार्यरत छन्। पत्रिकाले गत वर्षको तुलनामा यो वर्ष ६.५ प्रतिशत ग्राहक गुमाएको थियो।

प्रकाशित: २२ श्रावण २०७० ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App