१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
प्रवास

साढे चार करोडको कुकुर

बेइजिङ, भदौ २८ (एजेन्सी)- चीनको शान्सी प्रान्तकी एक महिलाले ४ करोड ५१ लाख रुपैयाँमा एउटा कुकुर किनेकी छिन्। तिब्बती प्रजातिको याङ्जे नदी नम्बर दुई नामको कुकुर हालसम्मकै सबैभन्दा महंगो कुकुर भएको बताइएको छ। यसअघि अमेरिकाको फ्लोरिडाको लान्सेलोटको क्लोन गरिएको एउटा कुकुर १ करोड १६ लाख रुपैयाँमा खरिद गरिएको थियो। सो कुकुर ल्याब्रोडोर प्रजातिबाट क्लोन गरिएको थियो।
याङ्जेको नयाँ मालिकले राम्रो कुकुर एक वर्ष अघिदेखि खोजेका थिए। उनले सो कुकुर चिन्घाई प्रान्तमा खरिद गरेकी हुन्। सो कुकुर अहिले सेलिब्रेटी बनेको छ। सिआन विमास्थलमा कुकुर पुर्‍याइँदा त्यसलाई लिन ३० वटा कारको मोटरगेड आएको थियो। कुकुरलाई घरेलु जनवारका रूपमा पाल्न चाहनेहरूको एउटा स्थानीय कमिटी कुकुरको स्वागत गर्न ब्यानरसहित विमानस्थल पुगेका थिए। कुकुर किन्ने व्यक्तिको लोकप्रियता पनि चीनमा बढेको छ।

प्रकाशित: ३० भाद्र २०६६ ०६:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App