सम्मेलनमा नेपालमा लगानी तथा आर्थिक कूटनीति क्षेत्रमा भएका प्रगतिबारेमा केन्द्रीत रहेर छलफल हुने गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले बताए। उनले गैरआवासीय नेपाली संघले उठाउँदै आएका मुद्दामा भएका प्रगति प्रतिवेदन बैठकमा पेस गरिने बताए। 'नयाँ ठूला परियोजना घोषणा गर्ने कुनै योजना छैन। अहिले गैरआवासीय नेपाली संघले सुरु गरेको सामूहिक लागानीलाई कसरी सफल पर्ने भन्ने बिषयमा केन्द्रीत हुनेछौं,' लामिछानेले भने, 'संघको नियमित बैठक भएकाले युरोपक्षेत्रमा बस्ने नेपालीले भोगेका समस्यालाई एकै ठाउँमा बसेर छलफल गरिनेछ।'
सम्मेलनमा नेपाली नागरिकका लागि सुरक्षित प्रवाश, नेपाली नागरिकताको निरन्तरता, युरोपक्षेत्रमा गैरआवासीय नेपालीका समस्यालगायतका एजेन्डामाथि छलफल हुने बताइएको छ। सम्मेलनमा नेपालमा लगानीका सम्भवना र चुनौति विषयममा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, उद्योगपति राजेन्द्र खेतान र धनाढ्य शेष घलेले आ-आफ्नो विचार राख्नेछन्। सम्मेलनको उद्घाटन संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, एनिमारी हुबर स्वीस रेडक्रस अध्यक्ष तथा पूर्व चान्सलर, डा. एचसी र स्वीट्जल्याण्डका लागि नेपाली राजदूत शंकरदास बैरागी र संघका अध्यक्ष जीवा लामिछानेले संयुक्तरुपमा गर्ने कार्यक्रम तय गरिएको छ।
सम्मेलनको तयारी पूरा भइसकेको गैरआवासीय नेपाली संघका प्रवक्ता डा. हेमराज शर्माले बताए। शर्माले सम्मेलनका युरोप क्षेत्रका बिभिन्न देशबाट करिब १ सय ५० प्रतिनिधिले भाग लिने जानकारी दिए। सोही अवसर पारेर चौंथौ क्षेत्रीय महिला सम्मेलनसमेत आयोजना गरिने भएको छ। सम्मेलनमा युरोपक्षेत्रमा नेपाली महिलाले भोगेका समस्यबारे छलफल गरिने बताइएको छ।
गैरआवासीय नेपाली संघले हरेक वर्षमा क्षेत्रीय बैठक गर्दै आएको छ। बैठकले संघको नीति निर्माण तर्जुमा गरी केन्द्रीय महाअधिवेशनका लागि प्रस्ताव तय गर्नुका साथै सुझाव पेस गर्छ। पछिल्लो समयमा संघले क्षेत्रीय सम्मेलन धेरै खर्चिलो तर उपलब्धि कम हुने गरेको भन्ने आलोचना खेप्दै आएको छ।
प्रकाशित: ६ असार २०७० ०७:२० बिहीबार

