७ चैत्र २०८२ शनिबार
image/svg+xml
प्रवास

चीनको सिनजियाङ प्रहरी निगरानीमा

बेइजिङ– जातीय दंगामा गएको मंगलबार २१ जनाको ज्यान गएपछि चीनको पश्चिमी प्रान्त सिनजियाङमा चिनियाँ प्रहरीले कडा निगरानी गरिरहेको सोमबार सञ्चारमाध्यमले जनाएका छन्। 
सञ्चारमाध्यमले सिनजियाङमा दंगापछि प्रहरीले स्थानीय बासिन्दालाई प्रहरीले धमाधम पक्राउ गरिरहेको उल्लेख गरेका छन्। त्यहाँ भएको भिडन्तमा झन्नै दुई दर्जनको ज्यान गएपछि प्रहरीले सयौं स्थानीय बासिन्दा पक्राउ गरिसकेको छ। पश्चिमी चीनको सिनजियाङ प्रान्तमा बेलाबेला हुने गरेका जातीय दंगाबारे सूचना लिन गएको प्रहरी र स्थानियबीच भिडन्त भएको थियो। भिडन्तमा आतंकवादीको हात रहेको चीन सरकारले दाबी गरेको छ। तर स्थानीय मानवअधिकारवादीका अनुसार प्रहरीले त्यहाँका अल्पसंख्यक समुदाय स्थानीय उग्युर मुसलमानको हत्या गरेको बताएका छन्।
मानवअधिकारवादीका अनुसार जातीय भिडन्तमा प्रहरीसमेत मारिएका थिए। भिडन्तमा प्रहरी, स्थानीय बासिन्दा र सामाजिक कार्यकर्ता समेत मारिएका थिए। उक्त प्रान्तको पश्चिमी भागस्थित बचु जिल्लामा भिडन्त भएको थियो। उक्त क्षेत्रमा बेलाबेलामा जातीय दंगा हुने क्षेत्रका रुपमा चिनिएको छ। त्यहाँका स्थानीयवासीसँग हतियार भएको सूचना पाएपछि हतियार अनुगमन गर्न गएको प्रहरी टोलीले ती हतियार नियन्त्रण लिने क्रममा भिडन्त भएको थियो। हतियार अनुगमनका क्रममा प्रहरीले स्थानीयवासीसँग ज्यादती गरेको र ज्यादतीको विरोधमा गाउँलेले प्रहरीमाथि आक्रमण गरेका थिए। भिडन्तमा मारिएका १५ जना सामाजिक कार्यकर्ता र प्रहरी परेका थिए। भिडन्तपछि बुधबार बिहानैदेखि प्रहरीले छानबिन सुरु गरेको थियो। छानबिनका क्रममा सोमबार समेत प्रहरीले केही स्थानीयलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: १६ वैशाख २०७० २१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App