लाहोर भदौ १६ (एजेन्सी)- कनीज फतिमाको कथाले पाकिस्तानमा जवान महिला देहव्यापारमा लाग्नुको एउटा प्रमुख कारण प्रतिनिधित्व गर्छ । कानुनी रुपमा पाकिस्तानमा देहव्यापारमाथि प्रतिबन्ध रहे पनि पछिल्ला केही वर्षयता यौनकर्मीको संख्या बढ्दै छ । बेरोजगारी महंगी र गरिबीमा भएको वृद्धिले धेरै महिलालाई बेश्यावृत्तिको बाटोमा डोर् याएको छ । शरीरको बजारमा आफूलाई बेच्न चाहने महिला पाकिस्तानभरि छन् ।
पन्जाव प्रान्तको उप-जिल्ला चिनीकोटको एक ग्रामिण किसानकी छोरी हुन् फतिमा कनीज । सौभाग्यवश फतिमाले स्कुले शिक्षा पुरा गर्ने अवसर पाएकी थिइन् । गाउँका अरु महिला जस्तै फतिमाको पनि किशोरावस्थामा पुग्ने बित्तिकै बिहे भयो । सुरुमा त बिहेबाट फतिमालाई कुनै समस्या भएको थिएन । तर उनको जिन्दगीले त्यतिखेर मोड लियो जब उनका पति उनलाई छोडेर काम खोज्न बाहिर गए । फतिमाको काँधमा दुई साना सन्तान पाल्ने जिम्मा आइसकेको थियो । त्यसपछि उनले नोकरको रुपमा काम गर्न थालिन् ।
तर जहाँ फतिमाले काम गर्न थालेकी थिइन् त्यो एउटा वेश्यालय थियो । 'त्यहाँका मानिसहरुले मलाई पनि देहब्यापारमा सहभागी हुन विश्वस्त पारे । मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा पैसा थियो र पैसा कमाउनेप्रति म प्रतिबद्ध थिएँ' फतिमा सम्झन्छिन् ।
फतिमाले कोठीमा काम गर्न थालिन् । यस्ता कोठीमा उनीजस्तै अरु महिला पनि काम गर्थे । कोठीका मालिकहरु धेरै जसो महिला नै हुन्थे जसको कुनै नाम हुँदैन थियो सबैले 'अन्टी' भन्थे ।
केही शिक्षित भएकाले फतिमाले देहब्यापारमा पनि छिटै प्रगति गरिन् । 'म सुरुमा काम गरेको कोठी मध्य पंजाबको बहाउद्धिन शहरमा थियो । म काम गर्न थालेको केही समयपछि नै मलाई उनीहरुले नाइके बनाइदिए' फतिमाले भनिन् ।
फतिमाले पैसा कमाउन देहब्यापार गर्न थालेको कुरा परिवारमा कसैलाई भनेकी थिइनन् । एक दिन उनका श्रीमान्ले थाहा पाए । 'त्यसपछि श्रीमान्ले मलाई गाउँमा बोलाए र गोली हानेर मार्ने प्रयास गरे' फतिमा ज्यान जोगाउन भागिन् । तर पनि गोली उनको खुट्टामा लाग्यो । उनी कहिल्यै गाउँ फर्केर गइनन् । 'मैले मेरो नाम परिवर्तन गरेँ र मोडलको रुपमा आफूलाई चिनाउँदै लाहोर पुगेँ'
लाहोरमा फतिमाले त्यही पुरानै कामलाई निरन्तरता दिँन थालिन् । अहिले फतिमा पुरै पन्जाबभरि देहब्यापारका लागि केटीहरु सप्लाइ गर्छिन् । एउटी केटी बापत फतिमालाई ५ हजारदेखि १० हजार कमिसन आउँछ । केटीको उमेर र रुपले कमिसन निर्धारण गर्छ । केटीहरु सप्लाइ गरेर मात्र हुँदैन तिनीहरु भाग्दैनन् भन्ने कुराको जिम्मा पनि फतिमाले नै लिनु पर्छ ।
'धेरै जना गरिबीकै कारण यस पेशामा आउन बाध्य भए पनि कतिपय भने अरु काममा भन्दा बढि पैसा कमाइने भएकाले पनि वेश्यावृत्तीमा सामेल हुन्छन्' फतिमाको बुझाइ छ ।
फतिमाका अनुसार २ देखि ३ घन्टा बिताउनको लागि ग्राहकले हजार देखि १५ सय रुपैयाँ तिर्छन् । यदि ग्राहकले पुरै रात बिताउन चाह्यो भने अझै धेरै तिर्नुपर्छ । तर केटीहरुले थोरै पैसा मात्र पाउँछन् ग्राहकले दिएको मध्ये धेरै पैसा 'अन्टी'ले लिन्छिन् । 'केही घन्टा मात्र बिताउने हो भने केटीले ३ सय रुपैयाँ पाउँछिन् पुरै रात बिताउँदा उनले २ हजार रुपैयाँसम्म पाउँछिन्' फतिमा भन्छिन् ।बेश्यावृत्ती गर्न कोठी आउने महिलाको संख्या बढिरहेको छ । फतिमा भन्छिन् कतिपय केटीलाई त उनीहरुकै आमाबुबा दाजुभाइ र श्रीमान्ले ल्याएर कोठीमा छाडिदिन्छन् । 'केही केटीहरु त निकै साना हुन्छन् मेरो मन नै मान्दैन । तर के नै गर्न सकिन्छ र! ' फतिमा निरासा पोख्छिन् ।
२० वर्षकी निदा हेर्दा सुन्दर देखिन्छिन् । उनले बेश्यावृत्ती सुरु गरेको ६ वर्ष भयो । 'पहिलो पटक यो पेशा सुरु गर्दा म १४ वर्षकी थिएँ । मेरो आमाले मलाई कोठीमा ल्याएर छाडिदिएकी थिइन् किनभने उनलाई १० हजार रुपैयाँ ऋण तिर्नुथियो' निदा सम्झिन्छिन् 'सुरुमा त मलाई यहाँ के काम गर्ने हो त्यो पनि थाहा थिएन'
अहिले आफ्नो पुरै परिवार दैनिक गुजाराको लागि उनीमै आश्रित भएकाले यौन पेशालाई निरन्तरता दिएको निदा बताउँछिन् । ुम यहाँ रहन चाहन्न । बिहे गर्ने र सन्तान जन्माउने सपना मेरा पनि छन् तर मसँग अर्को उपाय छैनु
सरकार अथवा कुनै सामाजिक संस्थाले उनका आमाबाबु र भाइबहिनीको लागि नाना खाना र छानाको व्यवस्था गरिदिए उनी तत्काल यो पेशा छाड्न तयार रहेको बताउँछिन् ।
अर्की यौनकर्मी मारिया राम्रो आम्दानी गरिरहेकी छिन् र धेरै ग्राहकको रोजाइमा पनि पर्छिन् । उनी केवल इच्छाका कारण यौनपेशामा छिरेकी हुन् 'मेरा श्रीमान् केही कुरामा पनि सक्षम थिएनन् र म मेरा वालवच्चालाई हरेक सुविधा दिन चाहन्थेँ' वेश्यावृत्तिमा लाग्नुको कारणबारे मारिया भन्छिन् । उत्तरी पाकिस्तानका इस्लामावाद र रावलपिण्डी जस्ता ठूला शहरमा उनले काम गरेकी छिन् । इस्लामावादमा हुँदा महिलाको १ लाख रुपैयाँ र टिप्स पनि कमाइ हुने गरेको उनी बताउँछिन् । ुग्राहकहरु मसँग नराम्रो व्यवहार गर्दैन थिए । उनीहरु आफ्नो परिचय दिँदैन थिए । तर मलाई थाहा छ केही शक्तिशाली र महत्वपूर्ण मानिसहरु आउँथे' मारिया भन्छिन् 'कतिपय त विदेशी पनि हुन्थे ।'
मारिया गइरहने शहरका ठूला होटलहरुमा आतंकवादी आक्रमणको क्रम बढ्न थालेपछि सुरक्षाका कारण उनी ती शहरबाट अन्यत्र लागिन् 'म अहिले लाहोरमा बसेर यो पेशा गर्दैछु । यहाँ आम्दानी थोरै भए पनि सुरक्षा धेरै छ ।'
मारिया जस्ता भाग्यमानी सबै कहाँ हुन्छन् र !
कनिज फतिमासँग त यस्ता डरलाग्दा अनुभवहरु छन् जुन घन्टौंसम्म सुनाउँदा पनि सकिँदैन ।
'सबैभन्दा धेरै हुने घटना के हो भने जब ग्राहकले कॆटीसँग अनौठा डिमाण्ड गर्न थाल्छन् केटीहरु अस्वीकार गर्छन् । त्यसपछि ग्राहकले अन्धाधुन्ध केटीलाई कुटेर मारिदिन्छन् र 'भागे' भनिदिन्छन्' फतिमा भन्छिन् 'आखिर अर्की एउटी मृत वेश्यालाई कसले वास्ता गर्छ र'
प्रकाशित: १७ भाद्र २०६६ ०२:०८ बुधबार





