१८ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रवास

नेपालीको शव स्वदेश पठाइयो

इखालु रमेश, गेलाल (कतार) भदौ १३ -  कतार आएको सोह्र दिनमा नै मृत्यु भएका पाल्पा गोठादी गा.बि.स-८ दमारका धन बहादुर घर्तीमगरको शव शुक्रवार नेपाल पठाइएको छ। कतार स्थित नेपाली राजदुतावासका प्रथम सचिव रामकाजी खड्काका अनुसार उनको मृत्यु २० दिन अगाडि भएको थियो।
कतारस्थित अलजजीरा सिसोर कम्पनीमा 'क्लिनर'को रुपमा कार्यरत घर्तीको सुतेकै अवस्थामा मृत्यु भएको थियो। मगरको घरमा बुवा, श्रीमती दुई छोरा र दुई छोरी भएको उनका सहकर्मीहरुले बताए।

उनका आफन्तहरुसँग कुनै पनि सम्पर्क हुन नसके उनका सहकर्मीहरुले बताएका छन्। सिन्धुपाल्चोक घर भएका अम्बर तामाङको साथमा मृतकको शव नेपाल पठाइएको हो । घर्ती आएको केहि दिन मात्र भएको र मेडिकल प्रकि्रया पूरा गर्ने क्रममानै रहेकाले उनले पाउनु पर्ने पारिश्रमीक समेत नभएको दुताबासले बताएको छ।

दुतावासको पहलमा निजको शव पठाउनको निम्ति कम्पनीले एक हजार पाँच सय  कतारी रियल उपलब्ध गराएको जानकारी सचिव खड्काले दिए।
कतारमा ह्रदयघातका कारण मृत्यु हुनेहरुले बिमा पाउने सम्बन्धि कुनै व्यबस्था रहेको छैन ।

प्रकाशित: १३ भाद्र २०६६ ०१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App