कतारस्थित अलजजीरा सिसोर कम्पनीमा 'क्लिनर'को रुपमा कार्यरत घर्तीको सुतेकै अवस्थामा मृत्यु भएको थियो। मगरको घरमा बुवा, श्रीमती दुई छोरा र दुई छोरी भएको उनका सहकर्मीहरुले बताए।
उनका आफन्तहरुसँग कुनै पनि सम्पर्क हुन नसके उनका सहकर्मीहरुले बताएका छन्। सिन्धुपाल्चोक घर भएका अम्बर तामाङको साथमा मृतकको शव नेपाल पठाइएको हो । घर्ती आएको केहि दिन मात्र भएको र मेडिकल प्रकि्रया पूरा गर्ने क्रममानै रहेकाले उनले पाउनु पर्ने पारिश्रमीक समेत नभएको दुताबासले बताएको छ।
दुतावासको पहलमा निजको शव पठाउनको निम्ति कम्पनीले एक हजार पाँच सय कतारी रियल उपलब्ध गराएको जानकारी सचिव खड्काले दिए।
कतारमा ह्रदयघातका कारण मृत्यु हुनेहरुले बिमा पाउने सम्बन्धि कुनै व्यबस्था रहेको छैन ।
प्रकाशित: १३ भाद्र २०६६ ०१:०३ शनिबार





