सोल, भदौ १० (नागरिक)- श्रमको खोजिमा तिन वर्षअघि कौरिया आएका एक नेपाली युवकको मंगलवार राती मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार कोरियाको राजधानी सोल नजिकैको इन्छनस्थित एक मेटल तथा प्लास्टिक कम्पनीमा काम गर्ने इन्दुकान्त कोइराला नाइट ड्युटी सकैपछि कम्पनी हातामा नै ढलेका थिए। सँगै कार्यरत उनका भाइलै कम्पनीको सहयोगमा अस्पताल लादैगर्दा बाटामा नै कोइरालाको निधन भएको हो।
चितवन शिब नगर स्थाइ घर भएका ४० वषीय कोइराला यही अक्टनेवरमा नेपाल फर्कनै तयारीमा थिए। उनी मुनड्रप्स ओभरसिज मार्फत कौरिया आइपुगेका हुन। नेपालमा श्रीमती र तीन छोराछोरी रहेका छन। नेपाल सम्पर्क समितिका अध्यक्ष डैबिट राइका अनुसार मृतक कोइरालाको शब परिवारले नेपाल पठाइदिन आग्रह गरेको छ। उनको शब हाल इन्छनस्थित अस्पतालमा राखिएको छ।
प्रहरी रिपोर्ट र कम्पनीलै दिने क्षतिपुर्ती लिएपछि शब नैपाल पठाइने तयारी भइरहेको छ। कामको सिलसिलामा मृत्यु नभएकाले कम्पनी औद्योगिक दुर्घटना अन्तर्गतकौ क्षतिपूर्ती दिन बाध्य हुनैछैन। तर नाइट ड्युटी सकेर कम्पनी हाताभित्रै विश्राम लिएको वेला निधन भएकाले उनका परिवारले सहानभूती पूर्वक कैही रकम पाउने संभावना छ।
प्रकाशित: १० भाद्र २०६६ ०६:५५ बुधबार





