१८ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रवास

आयरल्यान्डमा तीजको रमाइलो

सुमन घिमिरे, आयरल्यान्ड भदौ १०
"शिरैमा शिरफुल लाउन मन थियो, कोही छैन, कोही छैन,किनेर ल्याइदिने कोही छैन "बोलको तीज गीतमा नाच्दै आएरल्याण्डबासी नेपाली महिलाहरुले डब्लिन स्थित YMCA क्लबमा हरितालिका तीज मनाए।
"यसरी सामुहिक रुपमा आएरल्याण्डमा तीज मनाउन थालिएको चौथो पटक हो " भन्दै थिइन नेपाल आएरल्याण्ड समाजकी उपाध्यक्ष एवम तीज कार्यक्रमकी सम्योजक शारदा पेटेरक्रु।

रातो सारिमा सजिएका नेपाली महिलाहरु मात्र होईन कार्यक्रममा केही बिदेशी महिलाहरुको समेत सहभागिता रहेको थियो ।" तीजको कार्यक्रमले केहि हद सम्म नेपालको झझल्को मेटेको भन्दै थिईन सहभागी अन्जु काफ्ले । कार्यक्रममा साना नानी हरुको पनि उपस्थिती रहेको थियो।

"समाजको अर्को उदेश्य भनेको नेपाली कला सन्स्कृतिलाई पनि जगेर्ना गर्नु हो र हामी साना नानी हरु लाई पनि तीजको महत्व सिकाउन चाहन्छौ" पेटेरक्रुले थपिन।

नेपाल आएरल्याण्ड समाजकी कोषाध्यक्ष लिना गौतम ले कार्यक्रम रमाइलो भएको तर उपस्थितिको सन्ख्या ज्यादी न्युन भएको बताईन । नेपाल आएरल्याण्ड समाजले आयोजना गरेको तीज कार्यक्रमको अन्त्यमा खानपिन र अन्ताक्षरी खेलको आयोजना गरिएको थियो ।

प्रकाशित: १० भाद्र २०६६ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App