१८ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रवास

सोलोमन टापुमा भूकम्पपछि सुनामी

होनेरा, माघ २४ (एजेन्सी) - सोलोमन टापु नजिकै ८ मेग्नेच्युडको भूकम्प महशुश गरिएको छ। भूकम्पले सुनामी पैदा गरेकाले त्यहाँबाट मानिसहरुलाई विस्थापित गर्नेक्रम सुरु भएको छ। अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको जनाइएको छ। भूकम्पीय जोखिममा पर्ने इपिसेन्टर नजिकै भएकाले लामो दुरीसम्म पनि यसको प्रभाव परेको बताइएको छ।   अहिलेसम्म सान्ता क्रुजको लाता वार्फमा ९१ सेन्टिमिटर उचाईको सुनामी रेकर्ड गरिएको छ भने लुगानभिल्लीमा ११ सेन्टिमिटर रेकर्ड गरिएको छ।


दी प्यासेफिक सुनामी वार्निङ सेन्टरले सुनामी विनाशकाली हुनसक्ने जानकारी गराएको छ।


सोलोमोनका सरकारी अधिकारीहरुलाई उदृत गर्दै एबीसीले जनाएअनुसार भूकम्पका कारण तीन गाउँ प्रभावित भएका छन्। टेलिफोन सेवा अवरुद्ध भएकाले थप सूचना उपलव्ध हुन सकेको छैन।


अधिकारीका अनुसार सान्त क्रुज टापुमा १.५ मिटर उचाईको समुन्द्री छाल आएको छ। प्रधानमन्त्री गोर्डन डार्सी लिलोका प्रवक्ता जर्ज हरमिङले जनाएअनुसार यो छालले ५० घरजति ध्वस्त पारेको छ। आधिकारिकरुपमा अहिलेसम्म मानवीय क्षतिको विवरण आउन सकेको छैन। गाउँलेहरु आफ्नो बस्ती छाड्दै उच्च भूभागतिर लागेका छन्।
लातेस्थित माछुवारा केन्द्रका अधिकृत लुकी तौलाले सुरुमा सानो छालका रुपमा आएको भएपनि पछि समुन्द्री आँधीको ठूलो वेव देखिएको बताए।

प्रकाशित: २४ माघ २०६९ ०४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App