११ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रवास

बेलायती महारानीको नक्कली फोन नचिन्ने अस्पतालकी रिसेप्सनिस्टद्वारा आत्महत्या

लन्डन, मंसिर २२ (एजेन्सी) - बेलायती महारानी र युवराजको नाममा नक्कली फोन गर्ने अस्ट्रेलियाली रेडियोका कार्यक्रम सञ्चालकहरुलाई चिन्न नसकी फोन पास गर्ने अस्पतालकी रिसेप्सनिस्टको मृत्यु भएको छ। उनले आत्महत्या गरेकी हुनसक्ने बेलायतको डेली मेलले जनाएको छ।
एफएमका मेल ग्रेग र माइकल क्रिस्चियनले आफू बेलायती महारानी एलिजाबेथ द्वितिया र युवराज चार्ल्स भएको भन्दै बुहारी केट मिडलटनलाई उपचारका लागि राखिएको अस्पताल किङ एडवर्ड अस्पतालमा फोन गरेका थिए। महारानी र युवराजकै फोन आएको भनेपछि उपचारमा संलग्न नर्सले पनि स्वास्थ्य स्थितिबारे सबै बेलिबिस्तार लगाइदिएका थिए।


अस्पतालले पछि मात्रै त्यो नक्कली फोन रहेको थाहा पाएपछि लन्डनस्थित अस्पतालले बुधबार आफ्नो गल्ती स्वीकारेको थियो। यसको दुई दिनपछि उनको मृत्यु भएको हो। उनको बेहोस शरीर अस्पतालबाट केही पर हिजो साढे नौ बजे भेटिएको थियो। उनलाई उपचारका लागि अस्पताल लगिए पनि त्यहाँ लग्दासम्म उनको मृत्यु भइसकेको थियो। 


ग्रेगले महारानीको नक्कल गर्दै अस्पतालमा म मेरी बुहारीलाई पाउन सक्छु भन्दा साँच्चिकै महारानी ठानेर उनले फोन केट रहेको कोठामा पास गरिदिएकी थिइन्। 

अस्ट्रेलियाको सो टुडे एफएमले यसअघि पनि आचार संहिता उल्लङ्घन गरेको भन्दै दुई पटक चेतावनी दिइसकिएको थियो। एक १४ वर्षीया किशोरीलाई बलात्कार भएको स्वीकारोक्ति लाइभ दिन लगाएकोमा उसले पहिलो चेतावनी पाएको थियो भने अर्को पटक दुर्व्यवहारपूर्ण वचन लाइभमा बोलेकोमा। 

सम्बन्धित समाचार

बेलायती महारानीको नाममा एफएम रेडियो सञ्चालकले नक्कली फोन गरेपछि...

प्रकाशित: २२ मंसिर २०६९ ०८:४७ शुक्रबार