८ वैशाख २०८१ शनिबार
प्रवास

विदेशमा नेपाली समुदायका कोरोना संक्रमण घट्दो

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले यो साता संक्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या शून्य रहेको र संक्रमण दरमा उल्लेख्य रुपमा कमी  भएको जनाएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार  शनिबार साँझसम्म  भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भए पनि अन्य देशमा भने कोरोना संक्रमणको दर न्यून हुँदै गएको हो।  

विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्। हालसम्म नेपाल सहित विश्वभर २ सय ९३ जना नेपालीको कोरोना भाइरसले ज्यान गइसकेको छ।  

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायतका देशमा रहेका नेपालीहरुको ज्यान हो।

हाल सम्म नेपाल सहित ५९ हजार ४ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ। ती ८३ प्रतिशत अर्थात मध्ये ४८ हजार ५ सय ४ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाले जानकारी दिए।  प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाई हुने भन्दै गैरआवासीय नेपाली संघले असन्तुष्ट व्यक्त गरेको छ।  

संघ अन्र्तगतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीका अनुसार मध्यपूर्वमा हजारौंको संख्यामा रहेका  अलपत्र नेपाली, भिसा अवधि सकिएका तथा महामारीका कारण अन्य विभिन्न समस्यामा परेका नेपालीहरु यो निर्णयले थप निराश बनेका छन्। विशेषगरी मध्यपूर्वमा अलपत्र नेपाली यस निर्णयबाट बढी प्रभावित हुने केसीको भनाई छ।

उनले  सरकारले यस विषयमा पुर्नविचार गर्नुपर्ने बताए। विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा पछिल्लो निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई  तीव्र गतिमा अघि बढाउन उनले  सरकारलाई आग्रह  गरे।

यसअघि सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३ सय र वैदेशिक रोजागर कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरि २ सय जना गरेर जम्मा ५ सय जनालाई मात्रै उद्धार गर्ने जनाएको थियो।

 

 

 

 

 

 

 

प्रकाशित: ३२ श्रावण २०७७ ०९:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App