लन्डन, भदौ ८ (एजेन्सी)- हालै गरिएको एक अध्ययनमा वीर्यले महिलाको मानसिक स्वास्थ्य बलियो बनाउने र स्नेहभाव वृद्धि गर्ने पत्ता लागेको छ। अमेरिकाको युनिभर्सिटी अफ न्यु योर्कका वैज्ञानिकले गरेको एक अध्ययनमा मुख मैथुनले महिलालाई स्वस्थ र खुशी बनाउने नतिजा निस्केको छ। वीर्यमा रहेका रसायनिक तत्वले महिलामा पार्ने असरबारे गरिएको अनुसन्धानमा यस्तो नतिजा आएको अध्ययन टोलीले बताएको छ।
अध्ययन टोलीले व्यावहारिक परीक्षणको साटो यसबारे एक सर्वेक्षण गरेका थिए। सर्वेक्षणमा दुई सय ९३ महिलाको यौन जीवन र मानसिक स्वास्थ्यबीच तुलनात्मक अध्ययन गरिएको थियो।
यसपछि वीर्यमा पाइने रसायनिक तत्वबारे परीक्षण गरिएको थियो। परीक्षणमा वीर्यमा महिलाको मिजास प्रसन्न पार्ने, मस्त निद्रा लगाउने, स्नेहभाव बढाउने तत्व रहने पत्ता लागेको थियो। यसबाहेक वीर्यमा तनावविरोधी कम्तिमा तीन तत्व पाइएको थियो।
अध्ययन टोलीले नियमित असुरक्षित यौन सम्पर्क गर्ने महिलामा कमैमात्र तनावग्रस्त हुनुका साथै मानसिक क्षमतामा वृद्धि हुने समेत दाबी गरेका छन्।
वीर्यमा स्पर्माटोजोआसहित कोर्टिसोल र अन्य रसायनिक तत्व पाइन्छन्। कोर्टिसोलले तनाव घटाउन महŒवपूर्ण भूमिका खेल्छ। यी तत्वले स्नेहभाव बढाउने र एस्ट्रोन हार्मोन बढाउने काम गर्छ। एस्ट्रोनले प्रसन्नता र अक्सिटोनिन बढाउने गर्छ। अक्सिटोनिनले पनि मिजास प्रसन्न राख्ने काम गर्छ।
वीर्यमा थाइरोट्रोपिन छोड्ने हार्मोन, मेलाटोनिन र सेरोटोनिनसमेत पाइन्छ। थाइरोट्रोपिन तनावरोधी अर्को तत्व हो। यसले थाइराइड ग्रन्थीलाई समेत सक्रिय बनाउँछ। यस्तै मेलाटोनिनले निद्रा लगाउँछ भने सेरोटोनिनलाई सर्वश्रेष्ठ तनावरोधी न्युरोट्रान्स्मिटर मानिन्छ।
अध्ययनकर्ता ग्यालुप र बर्चका अनुसार यी त मस्तिष्कलाई राम्रो प्रभाव पार्ने औषधीका केही नमुनामात्र हुन्, जुन वीर्यमा पाइन्छन्। मनोवैज्ञानिक िस्टभन प्लाटेक चाहीँ नियमित असुरक्षित यौन सम्पर्क गर्ने महिला कम तनावग्रस्त हुने परिकल्पना गर्छन्।
वीर्यमा तनावरोधी तत्व रहे/नरहेको पत्ता लगाउन अध्ययनकर्ताले आफ्नो विश्वविद्यालयअन्तर्गतको अल्बानी क्याम्पसमा अध्ययनरत दुई सय ९३ महिलाको सर्वेक्षण गरे। सर्वेक्षणमा सहभागी महिलालाई उनीहरूको यौन जीवनका विविध पक्षबारे प्रश्नावली भर्न दिइएको थियो।
ग्यालुपको प्रयोगशालामा पत्ता लागेका अन्य तथ्यले असुरक्षित यौन सम्पर्क गर्ने अर्थात वीर्य स्वीकार्ने महिलाको एकाग्रता र मानसिक कार्य सम्पादन क्षमता वृद्धि गर्ने संकेत गरेको छ। यतिमात्र नभएर महिलाको शरीरले लामो समयदेखिको यौन साथीको वीर्य र अपरिचित वीर्य छुट्याउन समेत सक्छ।
अध्ययनकर्ताका अनुसार महिला शरीरमा अपरिचित वीर्य छुट्याउन सक्ने क्षमताले उनीहरूलाई अवान्छित गर्भधारण हुनबाट रोक्छ। अध्ययनका नतिजाले स्थायी यौन साथीसँगको असुरक्षित यौन सम्पर्कबाट नियमित वीर्य ग्रहण गर्ने महिलाको यौन साथीसँग सम्बन्ध टुटेमा त्यसले उनीहरूमा निकै तनाव निम्त्याउनेतर्फ संकेत गरेका छन्। यसका साथै महिलाको शरीरले नयाँ यौन साथीलाई अस्विकार गर्ने र उसको वीर्यको प्रतिरोध गर्ने प्रतिक्रिया देखाउने अध्ययनकर्ताले बताएका छन्। महिला शरीरमा वीर्यको प्लाज्मा प्रवाहको अप्रत्यक्ष मापन गर्न कन्डम प्रयोग नगरी यौन सम्पर्कको उपयोग गरिएको थियो। अध्ययनका सबै सहभागीले तनावका लक्षण मापन गर्ने बेक डिप्रेसन इन्भेन्टरी समेत भरेका थिए।
स्थायी यौन साथीसँग कन्डम प्रयोग नगरी यौन सम्पर्क गर्ने महिला उल्लेख्य रुपमा कम तनावग्रस्त हुनु अध्ययनबाट निस्केको महŒवपूर्ण नतिजा हो। अध्ययनले सधैं वा प्रायजसो कन्डम लगाएर यौन सम्पर्क गर्ने महिलामा कन्डम प्रयोग नगर्ने महिलाका तुलनामा बढी तनावग्रस्त हुन्छन्। अध्ययनबारे विस्तृत विवरण ...आर्काइव्स अफ सेक्सुअल विहेवियर'मा प्रकाशित भएको छ।
अध्ययनको अर्को महŒवपूर्ण नतिजा कन्डम प्रयोग नगरी यौन सम्पर्क गर्ने महिलामा तनावका लक्षणसमेत यौन सम्पर्क नगर्ने महिलाका तुलनामा कममात्र देखिन्छन्। यसका विपरित जथाभावि यौन सम्पर्क गर्ने महिला त्यति नै तनावग्रस्त हुने गर्छन् जति यौन सम्पर्क गर्दै नगर्ने महिला तनावग्रस्त हुन्छन्।
अध्ययनले कन्डमरहित नियमित यौन सम्पर्क गर्ने महिलाको प्रसन्नता मात्रा उनीहरूको शरीरमा जाने वीर्यको मात्रासँग सम्बन्धित हुनेसमेत देखाएको छ।
प्रकाशित: ७ भाद्र २०६९ १८:२५ बिहीबार

