८ वैशाख २०८१ शनिबार
प्रवास

एनआरएन भाषा साहित्य समितिले भानु जयन्ती भर्चुअलरुपमा मनाउने

भानु जयन्तीको अवसरमा गैर आवासीय नेपाली संघ भाषा ,साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्दन समितिले भर्चुअल साहित्यिक कार्यक्रम गर्ने भएको छ। समितिका अध्यक्ष हिक्मत थापाका अनुसार  

थापाका अनुसार विशेष साहित्यिक परिसम्वाद एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरी यो दिवसलाई मनाउन लागिएको हो। संघले नेपाल प्रज्ञा प्रतिष्ठानसँग आपसी समन्वय र सहकार्य गरेर नेपाली भाषा,साहित्यको क्षेत्रमा काम गर्न सधैँ अग्रसर रहेको उनले बताए। कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ प्रमुख अतिथि रहने छन्।  

आदिकवि भानुभक्त आचार्यको जन्मदिनलाई भानु जयन्ती एवं अन्तरराष्ट्रिय नेपाली भाषा दिवसका रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदै उनीप्रति सम्मान व्यक्त गर्न र नेपाली भाषाको प्रबर्द्धनमा योगदान गर्न गैर आवासीय नेपाली संघका सबै क्षेत्र र राष्ट्रिय समन्वय समिति,देश देशावरमा छरिएर रहेका नेपाली संघ,संस्था र भाषा,साहित्यप्रेमीलाई समेत थापाले आग्रह गरेका छन्।

 

प्रकाशित: २६ असार २०७७ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App