१८ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रवास

पाकिस्तानद्वारा हत्फ-९ मिसाइलको सफल परिक्षण

इस्लामाबाद, जेठ १६ (एजेन्सी)-पाकिस्तानले मंगलबार परमाणु बम लैजाने क्षमताको सतहबाट सतहसम्म छोटो दुरीमा प्रहार गर्न सक्ने मल्टि ट्युब हत्फ मिसाइलको सफल परिक्षण गरेको छ। यसको मारक क्षमता ६० किलोमिटर भएको बताइएको छ।
पाकिस्तानी सेनाको तर्फबाट जारी विज्ञप्तिमा हत्फ-९ नस्र मिसाइलले आफूसँगै पारम्परिक हतियारकासाथै परमाणु हतियार समेत लैजान सक्षम रहेको बताएको छ।

यसको परिक्षण कहाँ गरिएको भन्ने खुलाइएको छैन। हत्फ -९ को पहिलो परिक्षण भने गत वर्षको अप्रेलमा गरिएको थियो।

 

 

प्रकाशित: १६ जेष्ठ २०६९ ०५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App