१८ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रवास

नेपाली दुतावास डेनमार्कमा गणतन्त्र दिवस

प्रकाश ढकाल, कोपनहेगन, जेठ १६-देशमा गणतन्त्र स्थापना भएको दिनलाई स्मरण गर्दै डेनमार्कस्थित नेपाली दुतावासले गणतन्त्र दिवसलाई एक भेटघाट तथा चियापान कार्यक्रम आयोजना गरी मनाएको छ। कार्यक्रममा राजदुत मुक्तिनाथ भट्ट तथा दुतावासका कन्सुलर प्रकाश कुमार सुवेदीले आगन्तुक डेनमार्कबासी नेपालीहरुलाई स्वागत गरेका थिए।

डेनमार्क का लागी राजदुत मुक्तिनाथ भट्टको निजी निवासमा आयोजित चियापान कार्यक्रममा नेपाल डेनमार्क सोसाइटी लगायत डेनमार्कस्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो। कार्यक्रममा नेपालका लागि पूर्व डेनिश राजदुत फिन थिल्सटेड पनि उपस्थित थिए।

राजदुत भट्टले देशमा संविधान बन्न नसके पनि गणतन्त्र भने रहिरहने भएकोले आगामी दिनहरू नेपालका लागी अवसर को रुपमा रहेको बताए। संविधान बन्न नसक्नु ठुलो दुर्भाग्य भए पनि छिट्टै निकास निस्कनेमा सबै आशावादी बन्नुपर्ने बताए।

डेनमार्कस्थित नेपाली दुतावासले विगतका वर्षहरुमा पनि गणतन्त्र तथा राष्ट्रिय दिवस यसरी नै मनाउँदै आएको छ।

प्रकाशित: १६ जेष्ठ २०६९ ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App