पाकिस्तानले गत साता भारतले गरेको अग्नी ५ मिसाइलको जवाफमा उक्त परिक्षण गरेको जानकारहरूले बताएका छन्।
पाकिस्तानी सेनाले एक विज्ञप्ती मार्फत आफूले आफ्नो सबैभन्दा नयाँ हतियार हत्फ ४ साहीन १ ए नामको मिसाइलको सफल परिक्षण गरेको बताएको छ। उक्त परिक्षणको प्रभाव क्षेत्र अरब महासागर रहेको बताइएको छ।
परमाणु तथा अन्य हतियार बोक्ने क्षमताको उक्त मिसाइल अहिलेसम्मकै ठूलो दुरीको भएको विज्ञप्तीमा उल्लेख छ।
'साहीन १ एको परिस्कृत रुपले पाकिस्तानको रक्षा स्थितिलाई अझ मजबुत पारेको छ।' विज्ञप्तीमा भनिएको छ।
प्रकाशित: १३ वैशाख २०६९ ००:५९ बुधबार





