१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

१ करोड ६२ लाखको भौतिक सामग्री सहयोग गर्ने एनआरएनएको तयारी

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) विदेशमा रहेका नेपालीको समस्या समाधानमा केन्द्रित हुने भएको छ। अध्यक्ष कुमार पन्तको अध्यक्षतामा हिजो आइतबार बसेको पदाधिकारी बैठकले नेपाल सरकारलाई तत्काल १ करोड ६२ लाख रुपैयाँ बराबरको कोभिड–१९ विरुद्ध लड्न भौतिक सामग्री दिने निर्णय गरेको छ।

संकलन भएको बाँकी आर्थिक तथा भौतिक सामग्री संघले विदेशस्थित कोरोना संक्रमित नेपालीलाई सहयोग गर्ने निर्णय गरेको छ। बैठकले विदेशमा रहेका कोरोना भाइरस संक्रमितका लागि आवश्यक सहयोग गर्न आफ्ना गतिविधिलाई तीब्रता दिने निर्णयसमेत गरेको छ।

बैठकले कोरानो पीडितका लागि आर्थिक सहयोग गर्न अनलाइन प्रणालीमार्फत् फोन, ट्याब्लेट, कम्प्युटर इत्यादिबाट डेभिड या क्रेडिटकार्ड प्रयोग गर्न आव्हान गरेको छ। बैठकले कोरोना प्रभावित नेपालीका बारेमा जानकारी संकलन गर्न क्षेत्रीय संयोजकहरुलाई निर्देशन दिएको छ।

बैठकले कोरोना भाइरसबिरुद्ध अभियान चलाउन संघका अध्यक्ष पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिमा विदेशस्थित राजदूतावासका प्रतिनिधि, सम्पूर्ण संघसंस्था रहेको एक उद्दार समिति गठनको लागि नेपाल सरकार समक्ष आग्रह गर्ने बैठकले निर्णय गरेको छ। बैठकले उच्चस्तरीय समितिको लागि आवश्यक समिति तथा उपसमिति गठन गर्न अध्यक्ष कुमार पन्तलाई पूर्ण अधिकार प्रदान गरेको छ।

यस्तै बैठकले संघको कृषि समितिको संयोजकमा नारायण घिमिरे संयोजक (क्यानाडा) र उपसंयोजक कपिल थापा (जापान) लाई चयन गरेको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए। डा. शर्माका अनुसार संघको केन्द्रीय विधान संशोधन सुझाव समिति संयोजकमा भूषण घिमिरे चयन भएका छन्। यस्तै संघको विधान व्याख्या समितिमा द्रोण रसाली (क्यानाडा) मनोनित भएका छन् भने सोही समितिको सदस्यमा शिव रिजाल र भूषण घिमिरे चयन भए।

बैठकले विदेशस्थित दोस्रो पुस्ताका नेपालीबीच सञ्जाल निर्माण गर्न डा. मुरारी अधिकारी संयोजक रहेको एक समिति र खगेन्द्र जिसी संयोजक रहेको ग्वोबल नेपाली डायपोर इन्ट्रिगेसन समिति गठन भएको छ।

बैठकले कोरोना भाइरस संक्रमणको पीडितको लागि आर्थिक संकलन तथा वितरण सम्बन्धमा नीति निर्माण गर्न कोषाध्यक्ष महेश श्रेष्ठलाई जिम्मा दिने निर्णय गरेको प्रवक्ता डिबी क्षेत्रीले जनाए।

 

प्रकाशित: २४ चैत्र २०७६ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App