१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

एनआरएन युकेमा १ सय १७ उम्मेदवार, अध्यक्षमा गुरुङ र सुनारबीच प्रतिस्पर्धा

लण्डन - गैरआवासीय नेपाल संघ (एनआरएनए) युकेको १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि ७४ पदको लागि १ सय १७ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

संघको अल्डरशटस्थित निर्वाचन कार्यालयमा आइतवार उम्मेदवारहरुले आआफ्नो मनोनयन दर्ता गरेका हुन्। एनआरएन युकेको अध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्षद्धय पुनम गुरुङ र शेर वहादुर सुनारले आआफ्नो उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै महासचिवमा पत्रकार फडिन्द्र भट्टराई र कमानसिंह कर्मा पहाडी शेर्प बीच प्रतिस्पर्धा हुने भएको छ। उपाध्यक्षका दुई पदको लागि  धनबहादुर सार्की, कमल पौडेल, पशुपति पोखरेल, सुनिलबाबु खड्का प्रेमबहादुर गाहामगरले उम्मेदवारी मनोनयन गरे।

यस्तै १ महिला उपाध्यक्षमा रोजिना प्रधान राई र बिमला लिम्बुले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै स्कटल्याण्ड राज्यपरिषदको १ उपाध्यक्षमा मोहनकुमार कार्की, यघमूर्ति ढकालले उम्मेदवारी दिएका छन्।

वेल्स राज्यपरिषदको उपाध्यक्षमा रामचन्द्र पोखरेल र उत्तरी आयरल्याण्डमा नारायणदत्त कंडेल निर्विरोध निर्वाचित भए।

यस्तै २ सचिव पदको लागि भाग्यनारायण राय, जीतबहादुर रानाभाट, विष्णु खरेल, कोशलेश्वर ढकाल (कृष्ण) र भोलाविक्रम राईले उम्मेदवारी दिर्ता गरेका छन्।

महिला सचिवमा लिला हाङमा सेलिङ मावो र रन्जिता मल्लले उम्मेदवारी दिएका छन्। कोषाध्यक्ष पदमा  तिलकराम भट्टराई र तेजेन्द्र रोकामगर बीच प्रतिस्पर्धा हुने भएको छ।

सहकोषाध्यक्षमा विष्णु चालिसे र शकुन्तला गुरुङले उम्मेदवारी दर्ता गराएका छन् यस्तै १ युवा संयोजकको लागि हेमकुमार गुरुङ, तीर्थबहादुर मल्ल (अनिल) र नवीन गुरुङले उम्मेदवारी दिए।

संघको महिला संयोजकमा प्रसुना कंडेल र क्षमता ढकालले उम्मेदवारी दर्ता गरेका छन्। कार्यसमितिको १२ सदस्यको लागी २० जनाले उम्मेदवारी दर्ता गरेका छन्। सदस्यमा याम आचार्य, जितेन्द्रकुमार चेम्जोङ, भरतमणि चोङबाङ लिम्बु, समिर खनाल, सरस्वती खत्री क्षेत्री, कृष्णप्रसाद खरेल, भिमलाल भट्टराई, गोमा पौडेल, नृपेश उप्रेती, सुनिलकुमार साह, हेमकुमार लिम्बु, प्रकाशराज कंडेल, ज्ञानेन्द्रबहादुर आलेमगर, तारामैया गुरुङ,शिवबहादुर राना, तीर्थबहादुर थापा, लालबहादुर गुरुङ, चन्द्रकला लिम्बु, कोपिला वनेम लिम्बु र अमृता गिरीले नाम दर्ता गराएका छन्।

यस्तै संघको ७ केन्द्रीय सदस्यको लागि १४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य (आइसीसी) को लागि रमेश शर्मा बास्तोला, अर्कराज तिम्सिना, दयानिधि सापकोटा, अर्जुनकुमार कटुवाल, राजन खकुरेल, सुरोज मास्के, ललितकुमार न्यौपाने, मनिष खड्का, कृष्णप्रसाद तिवारी, होमनाथ पौडेल, सालिक सापकोटा, सुशिला राई,योगकुमार फगामी र लिलादेवी गुरुङले उम्मेदवारी दिए।

यस्तै संघको राज्य परिषद अन्तरर्गत इङ्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डको लागि समेत छुट्टा छ्ट्टै उम्मेदवारी दर्ता गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन आगामी अक्टोवर १३ देखी १७ सम्म काठमाण्डौंमा हुदैंछ । सो सम्मेलनको तयारी स्वरुप  संघका विश्वभर छरिएका ८० देश रहेका राष्ट्रिय समितिहरुको निर्वाचन जारी छ। अहिले सम्म १ दर्जन भन्दा बढी देशमा नयाँ नेतृत्व चयन  भैसकेको गैरआवासीय नेपाली संघले जनाएको छ।

 

प्रकाशित: २ भाद्र २०७६ ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App