१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

प्रधानमन्त्री दैवीप्रकोप कोषमा एनआएनएले ५१ लाख सहयोग गर्ने

लण्डन— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं क्षेत्रीय बैठक आइतवार सम्पन्न भएको छ। ईटालीको राजधानी रोममा आयोजित बैठकको अन्त्यमा १७ बुँद्धे घोषणापत्र जारी गरिएको छ। बैठकले प्रधानमन्त्री दैवी प्रकोप कोषमा   ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बैठकले वार्षिक २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित नेपाल सरकारले घोषणा गरिसकेको ''भिजिट नेपाल २०२०'' कार्यक्रमप्रति ऐक्यवद्धता जनाउँदै यो अभियानमा होमिन सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई   आह्वान गरेको छ। यसै बीच भ्रमण वर्ष २०२० कार्यक्रमसँग सहकार्य  गर्न एक सहमतिपत्रमा हस्ताक्षर गरिएको छ। गत शुक्रबारबाट रोममा भएको १२ औं युरोप बैठकले भ्रमण वर्षलाई सघाउने गरी भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य र गैरआवासीय नेपाली संघ बीच सहमतिपत्रमा हस्ताक्षर गरिएको छ।  एनआरएनएले नेपालको हवाइ कम्पनीहरुलाई युरोपेली संघ (ईयू) को कालोसूचीबाट हटाउन पहल  गर्न आग्रह गरेको छ।


 

प्रकाशित: २२ श्रावण २०७६ ०९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App