८ वैशाख २०८१ शनिबार
प्रवास

एनआरएन नर्बे : आज उम्मेदवारी दर्ता, अगस्ट ३१ मा चुनाव

ओस्लो (नर्बे)– गैरआवासीय नेपाली संघ (एनआरएन) नर्वेमा नयाँ कार्यसमिति चयनको लागि उम्मेदवारी दर्ताको आह्वान गरिएको छ। जुन २९ गते छैठौं महाधिवेशनबाट संजिव थापा नेतृत्वको कार्यसमिति विघट्न भएपछि नयाँ कार्यसमिति चयन गर्न बनेको निर्वाचन समितिले उम्मेदवारी दर्ता आह्वान गरेको हो। 

डाक्टर सुरज थापाको संयोजकत्वमा बनेको ५ सदस्यीय निर्वाचन समितिले गरेको उम्मेदवारी दर्तामा एक पदको लागि दुई वा दुई भन्दा बढी आवेदन परेको आगमी अगष्ट ३१ गते चुनाव गराउने तयारी गरेको छ। नयाँ कार्यसमितिको लागि निर्वाचन समितिले एक अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, इसीसी मेम्बर र बढीमा ११ कार्यसमिति सदस्य पदको लागि उम्मेदवारी दर्ता आह्वान गरेको हो। जुन १८ देखि स्थानीय समय अनुसार जुन २१ राति १० बजेसम्म उम्मेदवारी दर्ता गराउने उल्लेख छ। जुन २१ को राति १० बजेसम्म परेका उम्मेरदारी दर्ता आवेदनको सार्वजनिक भने भोलिपल्ट रातिसम्म हुने जनाइएको छ । 

के निर्वाचन होला नर्बेमा ?

नर्बेको एनआरएन कार्यसमितिले यसअघि जुन ८ तारिकमै छैठौं महाअधिवेशन सम्म गरेर नयाँ कार्यसमिति बनाउने तयारी थालेको थियो। तर, निर्वाचन समितिले चुनावी प्रक्रिया व्यवस्थित नगरेको भन्दै आलोचना भएपछि स्थगन हुन पुगेको थियो। 

निर्वाचन समितिले आह्वान गरेको उम्मेदवारी दर्तामा अध्यक्षका लागि नयन मल्ल, प्रेम परियार र प्रलय रिजालको उम्मेदवारी दिएका थिए। मिलेर जानुपर्ने भन्दै चुनावी प्रक्रिया अनुसार नै प्रलय रिजालले भने आफ्नो उम्मेदारी फिर्ता गराए। योसँगै मल्ल र परियारबीच चुनाव हुने अवस्था गरेको थियो। तर, परियार लगायत अन्य केही व्यक्तिले पनि चुनावी प्रक्रिया नमिलेको भन्दै उम्मेदवारी फिर्ता लिने म्याद सकिएपछि उम्मेदवारी फिर्ता लिएका थिए। निर्वाचन समितिले भने म्याद सकिएपछि आएको उम्मेदवारी फिर्तालाई स्वीकार्दै अध्यक्ष मल्ल लगायतको निर्विरोध उम्मेदवारको नयाँ सूची तयार गरेको थियो। आलोचना, विवाद र विरोध भएपछि निर्विरोध उम्मेदवारहरुलाई कार्यसमितिले जिम्मेवारी सुम्पिन सकेन। जुन ८ मा हुने अधिवेशन नै स्थगन गरेर सहमतिको उपाय खोज्न लागेको थियो।

छलफल, सहमति र केन्द्रीय समिति समेतको रायबाट कार्यसमितिले जुन २९ मा महाधिवेशन सम्पन्न गर्यो। केन्द्रबाट आएका क्षेत्रीय संयोजक शिवकुमार बरुवालको उपस्थितिमा भएको महाधिवेशनले कार्यसमिति विघट्न गरेर नयाँ कार्यसमिति बनाउन निर्वाचन समिति खडा गरेको हो। 

नर्वेको एनआरएनलाई नजिकबाट नियालेका नेपाली जनसम्पर्क समितिका अध्यक्ष जितेन्द्र शाहीका अनुसार चुनाव हुने नहुने अझै टुंगो लागिसकेको छैन। सहमतिकै बाटोमा गएर कार्यसमिति बनाउन नर्वेमा बस्नेहरु जुटिरहेको उनको भनाई छ। तर, शाहीले भनेको जस्तो सहमति जुट्ने देखिँदैन्। अध्यक्षको लागि मल्ल, परियार र पुरानै कार्यसमितिका अध्यक्ष थापाकै नाम चर्चामा छ। स्रोतका अनुसार तीनै जनाले उम्मेदवारी दर्ता गराउने तयारीमा छन्। उम्मेदवारी दर्ता भए पनि अन्तिम समयसम्म सहमति गराउने प्रयासमा नर्वेका विभिन्न संघसंस्थाहरु समेत जुटेको बुझिएको छ। नर्वेमा ओएनएफ, जेएसएस लगायतका राजनीति संघसंस्था समेत सक्रिय छन्। तर, एनआरएन संघको विधानले संक्रिय राजनीतिलाई बन्देज लगाएको कारणले खुलेर भने संस्था लागेका छैनन्। 

एनआरएन संघका युरोप संयोजक शिवकुमार बरुवालले एनआरएन संघ विदेशमा बस्ने नेपालको छाता संगठन नभएर साझा संगठन भएकाले सकेसम्म मिलेर जानुपर्ने महाधिवेशनमा बताएका थिए। 

नर्वेमा करिब २५ सयको संख्यामा नेपाली रहेको अनुमान गरिन्छ। तर, एनआरएनको सदस्यता भने करिब ६ सय ८० जनाले मात्रै लिएका छन्। नर्वेबाट केन्द्रको चुनावमा करिब ६८ जना मतदानको लागि जान पाउँछन्। केन्द्रको चुनाव आगामी अक्टुबरमा काठमाडौंमा हुँदैछ। 

प्रकाशित: ५ श्रावण २०७६ १०:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App