१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

राष्ट्रपति भण्डारीले राष्ट्रसंघमा आज सम्बोधन गर्दै

अमेरिका- राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रसंघको बैठकमा भागलिन सोमबार अमेरिका आइपुगेकी छिन्। संयुक्त राष्ट्र संघको ६३ औ महासभाको कमिसन अन द स्टेटस अफ वुमेन (सि एस डब्लु) बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डल सहित राष्टपति भण्डारी अमेरिका आइपुगेकी हुन्। दुई सातासम्म आयोजना हुने उक्त अधिवेशनका क्रममा राष्ट्रपति भण्डारीले एक उच्चस्तरीय बैठकलाई १२ तारिकका दिन सम्बोधन गर्नेछिन्।

हरेक बर्ष महिलामन्त्रि सहभागी हुने कार्यक्रममा यसपटक राष्ट्रपति भण्डारी सहभागी भएकी हुन्। महिलाका पक्षमा हालसम्म भएका उपलब्धिबारे जानकारी गराउनका लागि राष्ट्रसंघले सबै सदस्य राष्ट्र मुलुकहरुका महिलामन्त्रीलाई प्रत्येक वर्ष निम्तो पठाउने गर्छ। यस पटक भने महिला मन्त्री थममाया थापा पनि सहभागी भएकी छन्। शक्तिमा महिला विषयबारे हुने ‘वुमन इन पावर’ शिर्षकको बैठकमा राष्ट्रपतिले मंगलबार सम्बोधन गर्ने कार्यक्रम छ।

आज राती राष्ट्रसंघीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले आयोजना गर्ने रात्रीभोजमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम तय भएको छ। राष्ट्रपति भण्डारीको राष्ट्रसंघका महासचिब एण्टोनियो गुटेरेस र अध्यक्ष ग्रेसस शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनसंग पनि शिष्टाचार भेट कार्यक्रम तय भएको छ।

राष्ट्रपति भण्डारीसंगै महिलामन्त्री थममाया थापा, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा लगायत नेपाल सरकारका तर्फबाट उच्च पदस्त अधिकारीहरु सहित २२ सदस्य अमेरिकाको भ्रमणमा छन्। न्यूयोर्कस्थित जोन अफ केनेडी अन्तर्राष्ट्रिय बिमानस्थलमा आई पुगेकी राष्ट्रपति भण्डारीलाई संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई, नेपाली राजदूत अर्जुनकुमार कार्की, अवैतनिक वाणिज्यदूत ऋषि ढकाललगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए।

प्रकाशित: २८ फाल्गुन २०७५ ०५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App