८ वैशाख २०८१ शनिबार
प्रवास

लोक तथा दोहोरी गीत प्रतिष्ठन यूएईको अधिवेशन सम्पन्न

युएई - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठन नेपाल , युएई शाखाको अध्यक्षमा गोपि कृष्ण पंगेनी निर्विरोध निर्वाचित भएका छन। शुक्रबार युएईको दुबईमा सम्पन्न भएको प्रथम अधिवेशनले पंगेनीको अधक्ष्यतामा पच्चीस सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। 

समितिको उपाध्यक्षमा ओम कुमारी थयम्बु र नारायण न्यौपाने चयन भएका छन।  त्यस्तै सचिवमा ओमकार पोख्रेल ,महिला सचिव लक्ष्मि के सी , सह-सचिव अमित विश्वकर्मा, कोषाध्यक्ष बिक्रम पौडेल र सह-कोषाध्यक्षमा गोपाल भट्टराई रहेका छन। प्रतिष्ठानको सदस्यहरूमा प्रकाश ढकाल, नरेन सापकोटा, राजेश भण्डारी, हेमराज भण्डारी, अनिस दुवाडी, विरेन्द्र दंगाल, पारू मगर, हर्क सिंह , रमेश राना, केविन जंग शाही, बिमादेवि न्यौपाने , मनु क्षेत्री, विकाश अधिकारी, होमनाथ कुवर, कृष्ण सुनार, सुनिता गैरे र यमलाल पराजुलि चयन भएका छन ।

नेपाली लोक तथा दोहोरी गितलाई विदेशमा रहेर पनि पवर्द्धन र संरक्षण गरी आफ्नो पहिचानलाई बचाई राख्ने नव निर्वाचित अध्यक्ष गोपी कृष्ण पंगेनिले बताएका छन । उनले निर्वाचन सफल बनाउन साथ दिने सबैलाई धन्यबाद व्यक्त गरेका छन । 

अधिवेशनमा नेपाली दूतावास युएईका कार्यवाहक राजदूत सागर फुयाँल,  नेपालबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष तथा वैदेशिक विभाग प्रमुख रमेश बि जी र केन्द्रिय सदस्य कृष्ण आशु लगायत युएईका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। 

 

प्रकाशित: ९ असार २०७५ १०:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App