१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
प्रवास

लण्डनमा मृत भेटिए नेपाली विद्यार्थी

तस्बिर : योमनको फेसबुकबाट

बेलायतमा अध्ययनरत एक विद्यार्थी मृत भेटिएका छन्। 

गैर आवासीय नेपाली संघ युकेका अनुसार युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फरमेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय योमन चन्द  मंगलवार बिहान सुतेकै अवस्थामा मृत भेटिएका हुन्। 

गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष राजेन्द्र पुडासैनीका अनुसार सल्यान स्थायी घर भएका चन्दको लण्डनस्थित एजवेयरमा निधन भएको हो।

एनआरएनए युकेले परिवार सँगको परामर्श पनि उनको अन्त्येष्टि गरिने जानकारी दिएको छ। 

अध्यक्ष पुडासैनीले  बेलायतमा पढ्न आएका नेपाली विद्यार्थीहरूले विभिन्न समस्या भोगेको बताउँदै उनीहरूको जागिर, मानिक स्वास्थ्य लगायतका विषयमा जनचेतना आवश्यक रहेको बताए।

प्रकाशित: २६ कार्तिक २०८२ ०८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App