१० चैत्र २०८२ मंगलबार
image/svg+xml
प्रवास

दूतावासद्वारा पहिलो पटक केम्यान टापुमा मोबाइल कन्सुलर शिविर, सय बढी नेपालीले लिए सेवा

लण्डनस्थित नेपाली दूतावासले पहिलो पटक केम्यान टापुमा मोबाइल कन्सुलर सेवा शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। यस ऐतिहासिक पहलमार्फत नेपाली समुदायका लागि अत्यावश्यक सरकारी सेवा नजिक पुर्‍याउने प्रयास गरिएको हो।

शिविर १४ अप्रिल २०२५ मा आयोजना गरिएको थियो, जसमा त्यहाँका नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको दूतावासले जनाएको छ। सो अवसरमा एक सयभन्दा बढी नेपालीले राहदानी नवीकरण तथा विभिन्न कागजात सम्बन्धी सेवाहरू प्राप्त गरे।

दूतावासका अनुसार हाल केम्यान टापुमा करिब ३ हजार नेपाली नागरिकहरू बसोबास र रोजगारीमा छन्, जसमा अधिकांश सुरक्षा र आतिथ्य सत्कार (हस्पिटालिटी) क्षेत्रमा कार्यरत छन्। लण्डन वा अन्य कन्सुलर केन्द्रहरूमा यात्रा नगरी प्रशासनिक कामहरू सहज बनाउने उद्देश्यले यो शिविर आयोजना गरिएको थियो।

दूतावासले केम्यान टापुस्थित नेपाली समुदायको सक्रिय समर्थन र सहकार्यप्रति आभार व्यक्त गर्दै शिविरको सफलतामा उनीहरूको योगदानलाई उच्च मूल्याङ्कन गरेको जनाएको छ।

प्रकाशित: ४ वैशाख २०८२ ०८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App