१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ३:६ पूर्वाह्न
प्रवास

अमेरिकामा ६ भुटानी शरणार्थी पक्राउ, ७२ घन्टाभित्र देश निकाला गर्ने तयारी

भुटानी समुदाय इन ह्यारिसबर्ग अध्यक्ष तिलक निराैला।

अमेरिकामा ६ जना भुटानी शरणार्थी पक्राउ परेका छन्। अध्यागमन कानुन उल्लघंनको अभियोगमा इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइसीई)ले पेन्सिलभेनियाबाट उनीहरूलाई पक्राउ गरेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्।

पक्राउ पश्चात् उनीहरूलाई अध्यागमन हिरासतमा राखिएको छ। साथै उनीहरूलाई ७२ घन्टाभित्र देश निकाला गर्ने तयारी रहेको बताइएको छ। पक्राउ पर्नेहरू पुनर्वास कार्यक्रम अन्तर्गत केही वर्षअघि नेपालबाट अमेरिका गएका भुटानी शरणार्थीहरू हुन्। उनीहरू त्यहाँ कानुनी रूपमा मान्यता प्राप्त भएर बस्दै आएका थिए।

आइसीईद्वारा हिरासतमा लिइएका धेरै भुटानी पुरुषहरूलाई निर्वासन अघि नै न्यु जर्सीको सुविधा केन्द्रमा सारिएको भुटानी समुदाय इन ह्यारिसबर्ग अध्यक्ष तिलक निराैलाले पेनलाइभलाई जानकारी दिए।

सामान्यतया अमेरिकाले देश निकाला गरेकाहरूलाई उनीहरूको मूल देश फर्काउने गरेको छ। तर, भुटानले यसअघि नै फिर्ता पठाइएकालाई आफ्ना नागरिकका रूपमा अस्वीकार गरेको र नेपालले शरण दिएको सन्दर्भमा उनीहरूलाई कहाँ फर्काउने भन्ने विषय अन्यौल बनेको छ।

नेपालबाट गएका भएता पनि अमेरिकाले उनीहरूलाई भुटानी नागरिकका रूपमा नै वर्गीकरण गर्ने गरेको छ।

अमेरिकाले उनीहरूलाई कुन देश पठाउने भनेर समेत नखुलाएको पेनलाइभले जनाएको छ।

प्रकाशित: १५ चैत्र २०८१ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App