१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १५:४१ अपराह्न
प्रवास

एएनओको पोर्चुगल शाखा गठन, अध्यक्षमा विष्ट

पोर्चुगलको राजधानी लिस्बोनमा एसोसियसन अफ नेपाली ओरिजन (एएनओ) को शाखा गठन भएको छ। लिस्बोन निवासी दिनेश विष्टको नेतृत्वमा २७ सदस्यीय राष्ट्रिय कार्यसमिति गठन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि एवं एएनओका संस्थापक महासचिव चूडामणि भट्टराईले विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिहरूलाई आफ्नो पहिचान स्थापित गर्न संगठित हुनुपर्नेमा जोड दिए। नेपाल सरकारलाई नेपाली मूलका व्यक्तिहरूलाई आफ्नो पहिचान र सम्बन्ध कायम राख्न नीति निर्माण गर्न आग्रह गर्दै महासचिव भट्टराईले नेपालले आफ्नो मूलका व्यक्तिहरूलाई औपचारिक रूपमा जोड्ने नीति आवश्यक भएको बताए ।

संस्थापक अध्यक्ष  डिल्लीराम अधिकारीको परिकल्पनाअनुसार, संसारभर रहेका नेपाली मूलका व्यक्तिहरूलाई संगठित गर्दै नेपालसँग सांस्कृतिक, सामाजिक, र आर्थिक सम्बन्ध सुदृढ पार्ने लक्ष्यका साथ एएनओ स्थापना गरिएको हो।

विशिष्ट अतिथि एवं बोर्ड अफ ट्रस्टीका सदस्य ओमराज गुरूङले नेपाली मूलका व्यक्तिहरू जहाँ भए पनि आफ्नो भाषा, कला, संस्कृति, र परम्पराको संरक्षण गर्दै सांस्कृतिक एकता मजबुत पार्न एएनओले सहयोग गर्ने बताए ।

युरोप संयोजक दीपक धितालले प्रवासी नेपालीहरूले आफ्नो कला संस्कृति जोगाउँदै नेपाली पहिचानलाई विश्वभर फैलाउन एएनओले सशक्त भूमिका खेल्ने बताए। युरोपका अन्य देशहरूमा पनि शाखा विस्तार गर्ने योजनाबारे उनले जानकारी दिए।

नेपाल जनजाति महासंघ पोर्चुगल शाखाका अध्यक्ष चोपकुमार मगरले एएनओले नेपाली मूलका व्यक्तिहरूको हक, अधिकार र पहिचानलाई उजागर गर्दै समाजमा एकता र सहयोगको भावना फैलाउने विश्वास व्यक्त गरे।

यसैगरी, एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमालले एएनओ पोर्चुगल शाखाको स्थापना प्रति खुसी व्यक्त गर्दै संस्थाले नेपाली समुदायको समस्याहरू सम्बोधन गर्दै एकताको भावना मजबुत बनाउने अपेक्षा व्यक्त गरे। उनले संस्थाले आफ्ना उद्देश्यहरू सफलतापूर्वक पूरा गर्नेमा दृढ विश्वास प्रकट गरे। 

पोर्चुगल च्याप्टरः 

अध्यक्षः दिनेश विक्रम विष्ट

उपाध्यक्षः छबी पौडेल

महासचिवः धु्रब ठकुरी

कोषध्यक्षः अनु गुरुङ

सदस्यहरुः  

बिष्णु बहादुर घर्ती, अनन्त तिवारी, अर्जुन सोनाम, समिर भट्टराई, उत्सव ढकाल, पुष्कर राज जोशी, सुनिल खतिवडा, विमल कार्की, सविना मनगाथेन, किकि मगर, टिकि गर्बुजा मगर, गोपालराज पोखरेल, तेन्जी ङीमा शेर्पा, दा ल्हुमु शेर्पा, अमृत विश्वकर्मा, रञ्जना तामाङ, अधि सोताङ राई, विरेन राई, पुष्पन चलाउने, रेजिना उप्रेती, सूर्य बोहोरा, विक्रम आचार्य, अनुप राना मगर ।

नेपाललाई मातृभूमि वा पितृभूमि मान्ने, अथवा आफ्ना पूर्वजहरूको उत्पत्ति नेपालमा भएको नेपाली मूलका व्यक्तिहरू एसोसियसन अफ नेपाली ओरिजन (एएनओ) मा आबद्ध हुन सक्नेछन्। 

एएनओ एक अन्तर्राष्ट्रिय छाता संगठन हो, जसको अन्तर्राष्ट्रिय समिति सन् २०२४ मार्चमा अमेरिका निवासी समाजसेवी डिल्लीराम अधिकारीको अध्यक्षतामा गठन भएको हो। एएनओले नेपाली मूलका व्यक्तिहरू बसोबास गर्ने मुलुकहरूमा राष्ट्रिय स्तरका प्रतिनिधिमूलक संगठन निर्माण गर्ने कार्यलाई प्राथमिकता दिएको छ। 

यस संस्थाले विश्वभर रहेका नेपाली मूलका व्यक्तिहरूको सांस्कृतिक, सामाजिक, र आर्थिक सम्बन्धलाई मजबुत बनाउन नेपाल सरकार र अन्य अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य गर्दै जनस्तरमा अवैतनिक कूटनीति कायम गर्ने उद्देश्य लिएको छ।

प्रकाशित: ८ फाल्गुन २०८१ १८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App