२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
प्रवास

स्पेनमा नेपाली सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् गठन

नेपाली भाषा, संस्कृति, रहनसहन, भेषभूषा चिनाउन स्पेनमा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् गठन गरिएको छ।

सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालका वरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वरिष्ठ लोक गायक विष्णु खत्रीको विशेष उपस्थितिमा विदेश समन्वय परिषद् स्पेनको तदर्थ समिति बनाइएको हो।

कोष्टाव्लाङ्कामा रहेका केशरबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति बनाइएको छ।। उपाध्यक्षमा स्मृति गौतम, प्रविन गुरुङ,  सचिव विप्लव काफ्ले, सहसचिव घनश्याम गौतम, कोषाध्यक्ष रुद्र आचार्य, सहकोषाध्यक्ष सेजल कँडेल चयन भएका छन्।

सदस्यहरूमा सोनल पुन, उजेला थापा, माधव न्यौपाने, प्रेम किसान चयन भएका छन्। तदर्थ समितिलाई छिटै १७ सदस्यीय  बनाइने बताइएको छ।

लोक गायक तथा सर्जक विष्णु खत्रीले नेपाली मौलिक भाका, संस्कृति जगेर्ना गर्ने अभियानमा परदेशमा रहेका नेपालीहरूलाई गोलबद्ध गर्ने कार्य तीव्र पारिएको बताए। 

प्रकाशित: १८ श्रावण २०८१ १७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App