१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

रिजाललाई युएईबाट आर्थिक सहयोग

युएई - पर्वत पैयुँ गाउँपालिका ४ निवासी  किसान रिजाललाई युएईबाट आर्थिक सहयोग जुटेको छ।  गम्भिर बिरामी भएर काठमाडौं स्थित न्युरो अस्पताल बासबारीमा उपचार गराईरहेका रिजालाई युएईमा कार्यरत पर्वतबासीहरुले १ लाख २३ हजार ९३५ रुपैयाँ सहयोग गरेका हुन्।  रिजाललाई टाउको सम्बन्धि समस्याका कारण न्युरो अस्पतालमामा उपचाररत छन्।

 ‘रिजालको उपचार खर्च महँगो हुने र उक्त रकम परिवारले जुटाउन नस्केने कुरा थाहा पाए पछि हामीले रिजालको उपचारार्थ आर्थिक सहयोग संकलन अभियान सुरु गरेका हौ’, पर्वत सेवा समाज युएईका प्रवक्ता राजु भुर्तेलले नागरिकन्युजसंग भने, ‘यो अभियानमा पर्वतबासी सबैले साथ सहयोग गर्नु भएको छ।‘

उक्त रकम सम्बन्धित व्याक्ति रिजाललाई आज नै पर्वत सेवा समाज युएईका उपाध्यक्ष राम प्रसाद लामिछानेले हस्तान्तरण गरेका छन।

प्रकाशित: ११ चैत्र २०७४ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App