१२ असार २०८१ बुधबार
image/svg+xml
प्रवास

अब फर्केर नेपालमै केही गर्ने इच्छा छः दिनेश खड्का, मकाउ (भिडियोसहित)

ललितपुर गोदावारीका दिनेश खड्का ७ वर्षदेखि मकाउमा कार्यरत छन् । पछिल्लो ३ वर्षदेखि सेक्युटिरी सुपरभाइजरका रुपमा कार्यरत दिनेशले विदेश बसाइका क्रममा भोगेका अनुभव यस्तो छः  

नमस्कार

मेरो नाम दिनेश खड्का हो । मेरो घर ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ६ कालिटारमा पर्छ । म मकाउ आएको ७ वर्ष भयो । अहिले म सेक्युरिटी सुपरभाइजरको रूपमा काम गरिरहेको छु । सुरुमा आउँदा मैले तीन चार वर्ष सेक्युरिटी गार्डको रूपमा काम गरे । 

काम गर्दै जाँदा धेरै कुराहरु सिकियो । धेरै कुराहरू भोगियो । गर्दै जाने क्रममा धेरै कुराबारे जानकारी हुँदै गयो । विस्तारै पोजिशनहरु चेन्च हुँदै गयो । सुपरभाइजरको काम गर्न थालेको पनि तीन वर्ष हुनै लाग्यो । 

मकाउमा सेक्युरिटीमा बेसिक सेलरी भनेको ७ हजार ६०० एमओपी भनेको चै एक लाख १० हजार रुपैयाँको हाराहारीमा हुन्छ । २६ दिन र हरेक दिन ८ घण्टाको हो यो । ओभरटाइम गर्नुहुन्छ भने त्यहीँ अनुसारको रकम तपाईंहरूले पाउनु हुन्छ ।  

यहाँका मान्छेहरू पनि एकदमै फेमिलियर, एकदमै रेस्पेक्ट गर्ने, एकदमै हेल्पफुल, यहाँको चै एकदमै राम्रो इन्भारोमेन्ट छ । अति नै राम्रो छ । युरोपको जस्तो सेलरी म्याच गर्न मिल्ने खालको छ । बाहिरी माहोल पनि अति नै राम्रो छ । 

रेस्पेक्ट गर्ने, एकदमै एकअर्काको केयर गर्ने प्रकारका मान्छे हुन्छन् यहाँका मान्छेहरु । समग्रमा भन्नु पर्दा चै मकाउ चै अति नै ब्युटिफुल कन्ट्री हो । जबको अपरच्युनिटी पनि प्रशस्तै भएको ठाउँ हो । 

तर हामी नेपालीसहित यहाँ काम गर्न आउने जोकोही पनि बिरामी भयौं । अब साथीभाइहरु, आफ्नो घरपरिवार हुन्छन् ।  बिरामी भएको बेलामा उनीहरुले सहयोग गर्छन् । तर यहाँ चै तपाई बिरामी हुनु भयो भने साथीभाइहरूको समय मिल्दैन । सहयोगी साथीहरू छन् भने पनि उनीहरूको ड्युटी हुन्छ । 

त्यसैले म चै नेपालको नयाँ जेनेरेशनलाई, अहिले नेपालमा लहर नै चलेको छ । १२ पास हुने वित्तिकै विदेश जाने । कोही अमेरिका, कोही अस्ट्रेलिया, कोही युरोप । कोही अध्ययन गर्न, कोही जागिर खान । त्यसो भएकाले कहाँ जाने, विदेश जाने । के गर्ने भन्दा विदेश जाने । एउटा मानसिकता नै त्यस्तै भएको छ । 

म चै सबै जनालाई के भन्न चाहान्छु भने हाम्रो नेपालमै केही गर्न सकिन्छ । नेपालमै कति राम्रो अवसरहरू छन् । मैले यहाँ आएर र हेरेर पनि धेरै कुराहरू सिकेको छु । धेरै कुराहरू देखेको छु ।  कतिसम्म भने मलाई पनि नेपालमा आएर केही गर्ने इच्छा छ । हामी आफैंले पनि नेपालमा गएर केही गर्न सकिन्छ । यति भन्दै बिदा मागे ।  

धन्यवाद  । 

प्रकाशित: २१ जेष्ठ २०८१ १९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App