९ चैत्र २०८२ सोमबार
image/svg+xml
प्रवास

लेबनानबाट ६ नेपाली चेलीको उद्दार

काठमाडौं – वैदेशिक रोजगारीका सिलसिलामा घरेलु कामदारका लागि अवैध रुपमा लेबनान पुगेका ६ नेपाली महिलालाई उद्दार गरिएको छ।

इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले उनीहरुलाई उद्दार गरी नेपाल फर्काएको हो। उनीहरु लेबनानबाट दुबई हुँदै एयर अरेबियाको फ्लाइटमार्फत नेपाल फर्किएका हुन्।

यसअघि राजदूतावासले लेबनानको अध्यागमन निकाय, लेबनानी समुदाय र एआरएन नेपालको समन्वय र सहयोगमा ११ नेपाली महिलालाई नेपाल फर्काएको जनाएको छ। 

प्रकाशित: २७ फाल्गुन २०७४ १५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App