५ वैशाख २०८१ बुधबार
प्रवास

प्रधानमन्त्री ओली टिपिएस नविकरणको पहल गर्न सकारात्मक

अमेरिका-  टिपिएस नविकरणका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन्। गैरआवासीय नेपाली संघको आईसीसी टोलीसँग भेट गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपालीका लागि हुने कुनै पनि राम्रो कामका लागि आफु सकारात्मक रहेको र तत्काल पहल गर्ने आस्वासन दिएका छन्।

प्रधानमन्त्री ओलीलाई बधाई दिन तथा आफ्नो एजेण्डाहरुको जानकारी गराउन गएको आईसीसी टोलीले टिपिएसको बारेमा जानकारी गराएको थियो।
आईसीसी अध्यक्ष भवन भट्ट र महासचिव बद्री केसीको नेतृत्वमा गएको डेलिगेसन टोलीमा गैरआवासीय नेपाली संघको अमेरिकाज् क्षेत्रका संयोजक गौरी जोशी र आईसीसी सल्लाहकार हरिबोल भण्डारीसहित आईसीसी सदस्यहरु रहेका थिए। भेटका क्रममा प्रधानमन्त्रीले आफ्नो नागरिकका लागि फाईदा हुने कुरामा तत्काल पहल गर्ने आस्वासन दिनु भएको क्षेत्रीय संयोजक जोशीले बताए। यो भेटबाट प्रधानमन्त्रीको भनाईले कुटनीतिक पहल गर्ने र त्यसबाट नविकरणको लागि पहल हुने भएकोले टिपिएस नविकरणको संभावना बढेको आईसीसी सल्लाहकार भण्डारीले दावी गरे।
यस अघि परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागीसंगको भेटका क्रममा  अमेरिकामा रहेका नेपालीहरुका लागि टिपिएस नविकरणका लागि पहल गर्न आग्रह गर्दा परराष्ट्र मन्त्रालय अनुदार देखिएको थियो। यदि प्रधानमन्त्री ओलीले कुटनीतिक पहल गरेको खण्डमा अमेरिकामा पनि राजदूत कार्कीले आफ्नो कुटनीतिक हैसियतमा नविकरणको पहल गरिरहेकोले नविकरणको सम्भावना बढेको छ।
प्रधानमन्त्रीत्रसंगका भेटका क्रममा टेक्सासमा वाणिज्य दूतावास खोल्नका लागि पहल गर्न र दोहोरो नागरिकताको लागि छलफल भएको थियो।

 

 

प्रकाशित: १३ फाल्गुन २०७४ ०७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App