७ चैत्र २०८२ शनिबार
image/svg+xml
प्रवास

डेनमार्कमा गणतन्त्र दिवस

कोपन्हेगन जेठ १५ -  डेनमार्क स्थित नेपाली दूतावासको आयोजनामा यहाँ गणतन्त्र दिवस मनाइयो। दिवसको अवसरमा नेपाली दूतावासले चियापान कार्यक्रमको आयोजना गरेको थियो।
यहां डेनमार्क लगायत स्विडेनमा रहेका नेपालीहरुको सहभागिता रहेको उत्त कार्यक्रममा सहभागीहरुले गणतन्त्रको संस्थागत विकास का लागि नेपालमा दलहरु एकजुट हुनुपर्ने कुरामा जोड दिएका थिए।

जनआन्दोलन दुई बाट प्राप्त उपलब्धिहरुको रक्षा गर्न सकिएमा मात्र गणतन्त्र को विकास संभव हुने कुरामा सबै सहभागीहरुले जोड दिए। गणतन्त्रका रक्षाका लागि विदेशमा भएका नेपालीहरुले पनि भूमिका खेल्न सक्ने कुरा उक्त कार्यक्रममा व्यक्त गरियो।

डेनमार्कका लागि राजदूत विजय कान्त लालकर्णले लोकतन्त्र र गणतन्त्रका बारेमा आफ्ना धारण राख्दै आगन्तुक नेपाली हरुलाई स्वागत गरेका थिए। सामान्य गरिब नेपाली जनताहरुले पनि सुखद अनुभव गर्न सक्ने खालको गणतन्त्र देशमा आवश्यकता रहेको पनि उहाँले औंल्याउनु भयो। - प्रकाश ढकाल

प्रकाशित: १६ जेष्ठ २०६७ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App