८ वैशाख २०८१ शनिबार
प्रवास

सोम सापकोटाद्वारा उपकोषाध्यक्षमा उम्मेदवारी घोषणा

उपकोषाध्यक्षका प्रत्यासी सोम सापकोटा

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तरार्ष्ट्रिय सम्मेलनमा डेनमार्कका सोम सापकोटा उपाध्यक्षको उम्मेदवार हुने भएका छन्। काठमाडौंमा एक कार्यक्रम गरी उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

अहिले विश्वभरि नेपाली पुगेका छन्। हिजोभन्दा राम्रो अवस्थामै पुगेका छन्। तिनको लगानी नेपाल ल्याउन सकिन्छ। त्यसको थालनी म गर्नेछु', उनले भने। एनआरएनएको गुणात्मक सदस्य विस्तार आफ्नो लक्ष्य रहेको उनले बताए।

संस्थागत सुदृढीकरण तथा गैरआवासीय नेपालीको आर्थिक पक्ष सवल पार्न आफ्नो उम्मेदवारी भएको उनले बताए। 'गतिशील संस्थामा संस्थागत सुदृढीकरण महत्वपूर्ण हुन्छ। गैरआवासीय नेपालीहरुले लगानी गर्न सक्ने धेरै क्षेत्रहरु छन्। तिनको मोडालिटीमा क्लियर हुने हो भने हामीले ठूला परियोजनामा लगानी गर्ने क्षमता राख्छौं', उनले भने। प्रतिबद्धता गर्ने तर परियोजना सुरु नगर्ने अहिलेको अवस्था अन्त्यका लागि आफूले काम गर्ने उनले बताएर।

'दश वर्षअघिकोभन्दा नेपालीको अवस्था प्रवासमा अहिले छैन। अहिले विश्वभरि नेपाली पुगेका छन्। हिजोभन्दा राम्रो अवस्थामै पुगेका छन्। तिनको लगानी नेपाल ल्याउन सकिन्छ। त्यसको थालनी म गर्नेछु', उनले भने। एनआरएनएको गुणात्मक सदस्य विस्तार आफ्नो लक्ष्य रहेको उनले बताए।

सन् १९९६ मा स्वीजरल्यान्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटा एनआरएनए डेनमार्कका संस्थापक अध्यक्ष हुन्। दुई कार्यकाल आइसीसी सदस्य र यूरोप सहसंयोजक भइसकेपछि उनले उपकोषाध्यक्षमा आकांक्षा देखाएका हुन्। डेनमार्कस्थित पर्यटन बोर्डका प्रतिनिधि उनले पछिल्लो समय लन्डनमा समेत रेष्टुराँमा लगानी गरेका छन्।

प्रकाशित: २३ आश्विन २०७४ १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App