काठमाडौं – बंगलादेशको ढाकास्थित नेपाली दूतावासले बाढी पीडितका लागि पाँच लाख सहयोग गरेको छ।
दूतावासमा कार्यरत कर्मचारीहरूले उक्त रकम जम्मा गरेर विहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्त्रण गरेका हुन्।
उनीहरूले ५ लाख १३ हजार ३ सय ३९ रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । ढाकास्थित नेपाली राजदूत डा.चोपलाल भुषालको सक्रियतामा उक्त रकम जम्मा गरिएको हो।
प्रकाशित: २२ भाद्र २०७४ १४:३९ बिहीबार