८ वैशाख २०८१ शनिबार
प्रवास

अमेरिकाको अर्बिङ सरकारद्वारा नेपाली स्वास्थ्य दिवस मनाउने घोषणा

अमेरिकास्थित एक स्थानीय सरकारले नेपाली समूदायको स्वास्थ्यमा चासो राख्दै हेरक वर्ष नेपाली स्वास्थ्य दिवस मनाउने घोषणा गरेको छ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिको आयोजानमा गत साता सम्पन्न क्षेत्रीय स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै अर्बिङ शहरका नगर प्रमुखको तर्फबाट ओस्कर वार्डले सम्मेलनमा नेपाली स्वास्थ्य दिवस मनाउने घोषणा गरेका थिए।

मे २६ देखि २७ तारिखसम्म चलेको सो सम्मेलनमा प्रत्यक्ष तथा भरचुर्अल गरेर ३ तीन सय जना विभिन्न स्वास्थ्यसम्बन्धी बिज्ञहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। सम्मेलनमा अमेरिका, क्यानाडा, कोस्टारिका र नेपाललगायतका देशमा रहेका चिकित्सकहरुले सहभागिता जनाएका थिए।

सम्मेलनको अन्तिम दिन अर्बिङ १७ बुँदे घोषणा जारी गरिएको थियो । घोषणापत्रमा अमेरिका क्षेत्रमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, स्वास्थ्यकर्मीबीच नेटर्वकिङ, नेपालमा जारी स्वास्थ्यसम्बन्धी कार्यक्रममा आर्थिक सहयोग लगायतका विषयहरु समेटिएका छन्।

सम्मेलनको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले यो सम्मेलन भविष्यमा अमेरिका र त्यसभन्दा बाहिरका क्षेत्रमा स्वास्थ्य व्यवसायीहरूलाई सहयोग र्पुयाउनका लागि कोसेढुङ्गा हुने बताए।

उद्घाटन समारोहमा बोल्दै गैरआवासीय नेपाली संघका महासचिव गौरी जोशीले केही वर्षअघि मात्रै स्थापना भएको विश्व स्वास्थ्य समितिले विश्वभर नेपाली समुदायमा महत्वपूर्ण योगदान पुर्याएको बताए।

सम्मेलनमा क्षेत्रीय संयोजक मध्ये एक राम सी पोखरेलले इरभिङ टेक्सासमा सम्मेलन आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले आयोजक अर्बिङ नगरपालिकाले दिएको मान्यता र सहयोगले नेपाली समुदायको हितमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रकाशित: २० जेष्ठ २०८० ०५:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App