१० चैत्र २०८२ मंगलबार
image/svg+xml
प्रवास

चीनमा भूकम्प, चार सयको मृत्यु

पूर्ण बस्नेत, हङकङ, वैशाख १- चीनको दक्षिण-पश्चिम प्रान्त क्युङघईमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पबाट ४ सय जनाको मृत्यु भएको छ। कम्तिमा १० हजार जना घाइते भएका छन्। अधिकारीहरुले मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने आशंका गरेका छन् ।    चिनियाँ भूकम्प प्रशासनका अनुसार स्थानीय समयअनुसार बुधबार बिहान ७:४९ बजे ७.१ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्प गएको दुर्गम क्षेत्र तिब्बतको छिमेकी प्रान्त हो। स्थानीय जनमुक्ति सेना र डक्टरहरू संलग्न टोली उद्दारमा संलग्न भएको छ भने बेइजिङ र तिब्बतबाट पनि उद्दार टोली पठाइएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। भूकम्प केन्द्र रहेको क्षेत्रका ८५ प्रतिशत घर भत्केकाले सयौँ मानिस पुरिएको अनुमान छ। नागरिक मामिला मन्त्रालयले उद्दार टोलीसहित टेण्ट, कपडा र खाद्यान्न त्यस क्षेत्रमा पठाइएको जनाएको छ। तर भूकम्प गएको क्षेत्र अत्यन्त चिसो र विमानस्थल नभएकाले उद्दारमा कठिनाई भइरहेको बताइएको छ।

अधिकांश मानिस सडकमा निस्केर आफन्तलाई खोजिरहेको चिनियाँ सिसिटिभीले जनाएको छ। “यो भयानक भूकम्प हो, यहाँका घर भत्किए र पार्कको बौद्ध स्तुपा पनि ढल्यो”- एक प्रत्यक्षदर्शीले टिभीलाई बताएका छन्।

प्रकाशित: १ वैशाख २०६७ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App